लकडाउन कम्तीमा चैतभरि राख्ने तयारी
काठमाडौं । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन (बन्दाबन्दी) लाई कम्तीमा चैतसम्म लम्ब्याउने तयारी गरेको छ ।
सरकारले पहिलोपल्ट चैत ११ देखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समिति बैठकले २५ गतेसम्म कायम राख्ने निर्णय गरेको थियो ।
बिहीबार बसेको उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पारे पनि चैतसम्म लकडाउन कायमै राख्ने तयारी गरेको स्रोतले जानकारी दियो । सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान रोकेकोले त्यतिबेलासम्म लकडाउन कायमै रहन सक्ने स्रोतको भनाइ छ ।
“चिकित्सा सामग्री खरिद् गरेर परीक्षणको दायरा फराकिलो बनाउने र कन्ट्याक ट्रेसिङ (सङ्क्रमितको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण) गरेपछि मुलुकभित्र केही खुकुलो बनाउने, तर अन्तर्राष्ट्रिय सीमा बन्द नै राख्ने नीति थियो । चिकित्सा सामग्री खरिद्मा समस्या भएपछि चैतसम्म यही अवस्था कायम हुन्छ । त्यसपछि परिस्थिति हेरेर लम्बिने, नलम्बिने भन्न सकिन्छ,” स्रोतले भन्यो ।
सरकारले उपत्यका बाहिर पनि ल्याब त स्थापना गरेको छ । तर, चीनबाट खरिद् गरेर ल्याइएको किट्सको गुणस्तरीयतामै चिकित्सकले शङ्का गरेपछि परीक्षणको दायरा बढ्न सकेको छैन ।
स्वास्थ्य सेवा विभागले चिकित्सा सामग्री खरिद्को जिम्मा पाएको ओम्नी समूहसँग सम्झौता रद्द गरिसकेकाले प्रक्रियामार्फत् ल्याउन कम्तीमा दुईसाता लाग्ने बताइएको छ । सरकारले चिकित्सा सामग्री खरिद्का लागि रक्षा मन्त्रालयमार्फत् नेपाली सेनालाई दिने र त्यसको समन्वय स्वास्थ्य मन्त्रालयले गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले निर्णय पनि गरिसकेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












