कोरोना संक्रमित आठै जनाको स्वास्थ्य अवस्था सामान्य
काठमाडौ । देशैभरका अस्पतालहरुमा शनिवार (आज) ६९ जना कोरोनाको आशंकामा आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उक्त जनाकारी दिएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा.देवकोटालले आज थप तीनजना कोरोना संक्रमित फेला परेपछि नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ जना पुगेको जानकारी दिए । यद्यपि एकजना उपचार पछि निको भएका छन् । अन्य आठ जनाको उपचार भइरहेको जानकारी उनले जानकारी दिए ।
“अस्पतालमा उपचाररत आठै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ,” उनले भने, “काठमाडौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जना , २ जना बाग्लुङग धवलागिरि अञ्चल अस्पताल र ४ जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।”
त्यसैगरी, आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ४४१ जनाको कोरोना आशंकामा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मन्त्रालयका कल सेन्टर १११५ र ११३३ मा ३ हजार ४६५ वटा कल कोरोनाको गुनासोको सम्बोधन गरिएको छ । मन्त्रालयको मोबाइल एपमा आज १२६ जना रेड जोनमा रहेको समेत प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
नेपालमा पहिलो पटक स्थानीयमा कोरोना संक्रमण देखिएको छ । विदेशबाट आएकाहरुले क्वारेन्टाइनमा कतिको सावाधानी अपनाएका छन् त्यसमा संक्रमण थप फैलिने अथवा नफैलिने भर पर्ने मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











