भोलि र पर्सी काठमाडौं बाहिर जाने गाडी खुलाइने
काठमाडौं। सरकारले भोलि (शुक्रबार) र पर्सी (शनिबार) दुई दिन काठमाडौं बाहिर जाने यातायात सिमित मात्रामा खुलाउने निर्णय गरेको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बिहीबार बसेको कोरोना रोकथाम तथ नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय लिएको हो।
समितिका सदस्य तथा भौतिक मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउनका कारण उपत्यकामा रोकिएर बस्न बाध्य सर्वसाधारणलाई गन्तव्यसम्म पुग्नका लागि दुई दिन उपत्यकाबाट बाहिरिने सिमित यातायात खुलाउने निर्णय भएको बताए। उनका अनुसार यी दुई दिनमा उपत्यकाबाट मात्रै गाडी जान पाउनेछन्। बाहिरबाट उपत्यकामा गाडी आउन पाउने छैनन्। सरकारले चैत ११ गतेदेखि लागू हुने गरी लकडाउन गरेपछि घर जान नपाएका मजदुर र अन्य सर्वसाधारण बिलखबन्दमा परेपछि सरकारले यस्तो निर्णय लिएको हो। यसबाट उपत्यकामा आपूर्ति पनि सहज हुने विश्वास लिइएको बताइएको छ।
लकडाउन लम्बिने भएपछि धेरै मानिस अहिले पैदलै उपत्यकाबाट बाहिरिइरहेका छन्। कमाएको पैसो तथा अन्न सकिँदै गएर समस्या हुन थालेपछि एक सातायता कयौँ मानिस पैदलै उपत्यका बाहिर गइरहेका छन्। यस्तोमा सरकारले राजधानी उपत्यका छाड्न चाहनेका लागि दुई दिन गाडी खुलाएर गन्तब्यमा पठाउने निर्णय लिएको हो। सवारी साधन यात्रु जहाँका लागि छुटेको हो सोही ठाउँ पुगेको पहुँच पूर्जी स्थानिय निकायबाट लिन अनिवार्य गरिने छ।
सरकारले लकडाउनलाई वैशाख ३ सम्म निरन्तरता दिएको छ भने अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म रोकिएको छ। यस्तोमा आन्तरिक हवाई उडान र सडक यातायात खोल्ने मितिबारे सरकार अझै अनिर्णित छ। भारतमा कोरोनाले महामारीको रुप लिइरहेको अवस्थामा सरकार पर्ख र हेरको रणनीतिमा बसिरहेको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












