मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन अझै एक साता थप्ने
काठमाडाैँ । आज (मंगलबार) मन्त्रिपरिषद् बैठक बस्दै छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज मन्त्रिपरिषद् बैठक बस्ने तयारी भइरहेको जानकारी दिए। तर कतिखेर बस्छ भन्ने विषयमा आफूलाई जानकारी नभएको बताए।
‘आज मन्त्रिपरिषद् बैठक बस्छ,’ उनले भने, ‘तर कतिखेर बस्छ, मलाई थाहा हुँदैन।’
तर अर्का स्रोतका अनुसार बैठक अहिले बिहान ११ बजे बस्ने तयारी छ र त्यसले लकडाउनको अवधि कम्तीमा १ हप्ता थप्ने निर्णय गर्ने अनुमान छ।
दोस्रोपटक थपिएको लकडाउन अवधि भोलि अर्थात् बुधबार सकिँदै छ।
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ गते बिहान ६ बजेदेखि देशभर लकडाउन अर्थात् बन्दाबन्दी गरेको छ। सुरुमा चैत १८ सम्म तोकिएको लकडाउन अवधि पुनः थपेर वैशाख ३ गतेसम्म लम्ब्याइएको छ।
तर कोरोना संक्रमित देखिने क्रम झन् बढ्दै गएपछि सरकारले लकडाउन अवधि लम्ब्याउन खोजेको हो। यो महामारी फैलिन नदिन लकडाउन विश्वमै निर्विकल्प उपाय देखिएकाले नेपाल सरकारले पनि यसलाई प्राथमिकता दिएको हो।
लकडाउन अवधिमा अत्यावश्यक काम नपरीकन घरबाट बाहिर ननिस्कन र क्वारेन्टिन अर्थात् घरमै पनि सकेसम्म अलग अलग बस्न सरकारले देशभरका नागरिकलाई आग्रह गरिरहेको छ।
सोमबारसम्म नेपलामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ। तीमध्ये एक जना पहिल्यै निको भइसकेकाले अहिले १३ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने देशभर कोरोना परीक्षण जारी छ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज धनगढीबाट सुरू
काठमाडाैं । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १०...
-
मनोज शर्मा नै किन रवि र बालेनलाई नै प्यारो ?
काठमाडौं । ‘नेपोकिड’ को नाराले ओलीलाई हेलिकप्टर चढेर भाग्ने बनायो । नातावाद र कृपावादको विरोधमा उत्रिएका जेनजीले सरकार फेरे ।...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत,...
-
सर्वोच्चमा पेशी सार्वजनिक ढिलो, सपना प्रधान मल्ल र मनोज शर्माको इजलास तोकिएन
काठमाडौं । सर्वोच्च अदालत ले शुक्रबारका लागि पेशी सूची ढिलो गरी सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीमा कायममुकायम प्रधानन्यायाधीश सपना...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
प्रधानन्यायाधीश सिफारिसपछि कांग्रेसको फरक अभिव्यक्ति, भन्यो- देशलाई एकलौटी शासनतर्फ धकेलियो
काठमाडौँ । नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी हालै जारी अध्यादेश र त्यसअन्तर्गत भएको निर्णय प्रक्रियाप्रति गम्भीर असहमति जनाएको छ । कांग्रेसले...












