६३ जिल्लामा र्यापिङ डाइग्नोस्टिक टेस्ट सुरु
काठमाडौं । सरकारले कोरोना संक्रमितको पहिचानका लागि बुधबारसम्म ६३ जिल्लामा र्यापिङ डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ ।
अब १४ जिल्लामा पनि केहीदिनभित्रै आरडीटी विधिबाट परीक्षण सुरु गर्नेगरी काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार र्यापिड टेस्ट हालसम्म ८ हजार ९२९ जनामा सम्पन्न भइसकेको छ भने पीसीआर विधिबाट ६ हजार ८७१ जनाको परीक्षण भएको छ । दुबै गरेर हालसम्म १५ हजार ८०० जनामा कोरोना परीक्षण सम्पन्न गरिसकिएको देवकोटाले जानकारी दिए ।
उनका अनुसार र्यापिड टेस्ट सुरु हुन अब प्रदेश नम्बर १ को ७ जिल्ला प्रदेश २ को ३ जिल्ला, गण्डकी प्रदेशको १ जिल्ला, प्रदेश ५ को १ जिल्ला र कणाली प्रदेशको २ जिल्ला बाँकी रहेका छन् । बागमती र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा यो सेवा पुगिसकेको छ ।
उनले आरडीटीमा कतिपय किटमा पोजेटिभ रिपोर्ट देखिएको भएपनि त्यसलाई पीसीआर विधिबाट परीक्षण गरेर एकिन गरिसकिएपछि मात्रै रिपोर्ट सार्वजनिक गर्ने गरिएको बताए ।
कतिपयले आरडीटी विधिबाट गरिने परीक्षणबारे प्रश्न उठाइरहेको बेला उनले यसबारे थप बोलेनन् । उनले भने, ‘आरडीटीबाट परीक्षण गर्दा विभिन्न किट पोजेटिभ भएका छन् । भएकालाई थप पीसीआरबाट परीक्षण गरिसकेपछि मात्र नतिजा प्रकाशित गर्ने गरिएको छ ।’
हालैका दिनमा आरडीटीमा पोजेटिभ भएका पीसीआरमा नेगेटिभ देखिएका छन् भने आरडीटीमा नेगेटिभ आएकाको पीसीआरमा पोजेटिभ रिपोर्ट आएको छ ।
राजधानीको पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीनजनामध्ये एक जनाको रिपोर्ट समेत नेगेटिभ आएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा एक जनाको रिपोर्ट नेगेटिभ आएको थियो। यसअघि दुई जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
गत चैत पाँच गते बेलायतबाट आएका आमा, छोरा र बुहारीमा तीन दिनअघि आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।
जसमध्ये, प्रयोगशालामा गरिएको परीक्षणबाट आमा र छोरालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने बुहारीमा भाइरसको संक्रमण नदेखिएको हो ।
ती परिवारकहाँ काम गर्ने दुई जनाको पनि नमुना परीक्षणका लागि स्वाब पठाइएको भएपनि रिपोर्ट आउन बाँकी रहेको डा देवकोटाले जानकारी दिए ।
यस्तै डा देवकोटाले हालसम्म १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको भन्दै संक्रमितको परिचय नखुलाउन पनि सञ्चारमाध्यमलाई सचेत गराएका छन् ।
हालसम्म देशभर ५ हजार ६१४ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा ११७ जना रहेका छन् । आइसोलेशनमा रहेकामा काठमाडौंमा ११ र काठमाडौं बाहिर १०६ जना रहेका छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












