कोरोना संक्रमितले १५ दिनभित्र ४४ प्रकारका औषधी खानुपर्ने, यस्तो छ सूची
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्न ४४ प्रकारका औषधीको सूची तयार गरेको छ।
कम्तिमा १५ दिन इन्टेन्सिभ केयर युनिट (आइसीयू) मा राख्नुपर्दा कोरोना संक्रमितले यी ४४ थरीका अत्यावश्यक औषधी सेवन गर्नुपर्नेछ। विज्ञ टोलीसँग छलफल गरेरै औषधीको सूची तयार पारेको मन्त्रालयले जनाएको छ। हालको अवस्था र पछि निम्तनसक्ने आपत्कालिन अवस्थालाई दृष्ट्रिगत गरी सूची बनाइएको विज्ञ समितिका एक सदस्यले जानकारी दिए।
मन्त्रालयले तयार पारेको सूचीलाई उच्चस्तरीय समितिले अनुमोदन गरिसकेको छ। आइसीयूमा राखिने बिरामीका लागि अत्यावश्यक औषधी अभाव हुन थालेकाले सो समस्या समाधान गर्न व्यवसायी र सरकारले कति परिमाणमा खरिद गर्ने भन्ने निर्क्यौल पनि यही सूचीका आधारमा गरिने मन्त्रालयस्रोतले जानकारी दियो। तत्कालका लागि कम्तिमा १,००० संक्रमितलाई पुग्ने गरी औषधी राख्न विज्ञ समितिले सरकारी अधिकारीहरूलाई सुझाव दिएका छन्।
संक्रमितका लागि अत्यावश्यक यी अधिकांश औषधी नेपालमा बन्दैनन्। उत्पादन हुने गरेका केही औषधी तत्काल बनाउनका लागि पनि अहिले आवश्यक सामग्री (कच्चापदार्थ) पर्याप्त नभएको फर्मास्युटिकल्स कम्पनीहरूले जानकारी गराएका छन्। अहिलेसम्म कोरोना भाइरसविरूद्धको खोप या कुनै औषधी बनिनसकेकाले विश्वभरका चिकित्सकहरूले संक्रमितमा देखिइने लक्षणका आधारमा औषधी चलाउने गरेका छन्। अहिलेम्म नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। त्यसमध्ये २८ जना अस्पतालमै उपचाररत छन्। उपचाररत अधिकांशको स्वास्थ्य अवस्था सामान्य नै छ।
गत माघ १० गते पहिलोपटक नेपालमा चीनबाट आएका व्यक्तिमा कोरोना संक्रमित रहेको पुष्टि भएको थियो। ती संक्रमित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि घर फर्किसकेका छन्। ९ चैतमा काठमाडौँकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो। उनी फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा काठमाडौँ आइपुगेकी थिइन्। संक्रमणको तेस्रो केस गत ११ चैतमा देखिएको थियो। युएईको सारजाहबाट एयर अरेवियाको उडानबाट गत ६ चैतमा काठमाडौँमा ओर्लेका धादिङका ३४ वर्षीय पुरुष संक्रमित पाइएका थिए। अहिले दोस्रो र तेस्रो संक्रमित टेकु अस्पतालमा उपचाररत छन्। चौथो संक्रमित धनगढीका हुन्।
३४ वर्षीय ती पुरुष गत ७ चैतमा दुवईबाट भारतको नयाँ दिल्ली हुँदै काठमाडौं आएका थिए। उनमा संक्रमण भएको १४ चैतमा थाहा भएको थियो। पाँचौ संक्रमित बेल्जियमबाट आएकी बाग्लुङकी १७ वर्षीया युवती हुन्। उनीसँगै आएकी ६५ वर्षीया वृद्धालाई २० चैतम संक्रमण भएको थियो। २२ चैतमा कैलाली २ र कञ्चनपुरका १ गरी थप ३ जनामा कोरोना संक्रमण भएको पाइएको थियो। संक्रमितमध्ये दुईजना भारत र एकजना धनगढीकै स्थानीय महिलामा भएको पाइएको थियो। तर हाल सम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित भइ अस्पतालमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












