कोरोना संक्रमितले १५ दिनभित्र ४४ प्रकारका औषधी खानुपर्ने, यस्तो छ सूची
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्न ४४ प्रकारका औषधीको सूची तयार गरेको छ।
कम्तिमा १५ दिन इन्टेन्सिभ केयर युनिट (आइसीयू) मा राख्नुपर्दा कोरोना संक्रमितले यी ४४ थरीका अत्यावश्यक औषधी सेवन गर्नुपर्नेछ। विज्ञ टोलीसँग छलफल गरेरै औषधीको सूची तयार पारेको मन्त्रालयले जनाएको छ। हालको अवस्था र पछि निम्तनसक्ने आपत्कालिन अवस्थालाई दृष्ट्रिगत गरी सूची बनाइएको विज्ञ समितिका एक सदस्यले जानकारी दिए।
मन्त्रालयले तयार पारेको सूचीलाई उच्चस्तरीय समितिले अनुमोदन गरिसकेको छ। आइसीयूमा राखिने बिरामीका लागि अत्यावश्यक औषधी अभाव हुन थालेकाले सो समस्या समाधान गर्न व्यवसायी र सरकारले कति परिमाणमा खरिद गर्ने भन्ने निर्क्यौल पनि यही सूचीका आधारमा गरिने मन्त्रालयस्रोतले जानकारी दियो। तत्कालका लागि कम्तिमा १,००० संक्रमितलाई पुग्ने गरी औषधी राख्न विज्ञ समितिले सरकारी अधिकारीहरूलाई सुझाव दिएका छन्।
संक्रमितका लागि अत्यावश्यक यी अधिकांश औषधी नेपालमा बन्दैनन्। उत्पादन हुने गरेका केही औषधी तत्काल बनाउनका लागि पनि अहिले आवश्यक सामग्री (कच्चापदार्थ) पर्याप्त नभएको फर्मास्युटिकल्स कम्पनीहरूले जानकारी गराएका छन्। अहिलेसम्म कोरोना भाइरसविरूद्धको खोप या कुनै औषधी बनिनसकेकाले विश्वभरका चिकित्सकहरूले संक्रमितमा देखिइने लक्षणका आधारमा औषधी चलाउने गरेका छन्। अहिलेम्म नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। त्यसमध्ये २८ जना अस्पतालमै उपचाररत छन्। उपचाररत अधिकांशको स्वास्थ्य अवस्था सामान्य नै छ।
गत माघ १० गते पहिलोपटक नेपालमा चीनबाट आएका व्यक्तिमा कोरोना संक्रमित रहेको पुष्टि भएको थियो। ती संक्रमित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि घर फर्किसकेका छन्। ९ चैतमा काठमाडौँकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो। उनी फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा काठमाडौँ आइपुगेकी थिइन्। संक्रमणको तेस्रो केस गत ११ चैतमा देखिएको थियो। युएईको सारजाहबाट एयर अरेवियाको उडानबाट गत ६ चैतमा काठमाडौँमा ओर्लेका धादिङका ३४ वर्षीय पुरुष संक्रमित पाइएका थिए। अहिले दोस्रो र तेस्रो संक्रमित टेकु अस्पतालमा उपचाररत छन्। चौथो संक्रमित धनगढीका हुन्।
३४ वर्षीय ती पुरुष गत ७ चैतमा दुवईबाट भारतको नयाँ दिल्ली हुँदै काठमाडौं आएका थिए। उनमा संक्रमण भएको १४ चैतमा थाहा भएको थियो। पाँचौ संक्रमित बेल्जियमबाट आएकी बाग्लुङकी १७ वर्षीया युवती हुन्। उनीसँगै आएकी ६५ वर्षीया वृद्धालाई २० चैतम संक्रमण भएको थियो। २२ चैतमा कैलाली २ र कञ्चनपुरका १ गरी थप ३ जनामा कोरोना संक्रमण भएको पाइएको थियो। संक्रमितमध्ये दुईजना भारत र एकजना धनगढीकै स्थानीय महिलामा भएको पाइएको थियो। तर हाल सम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित भइ अस्पतालमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












