कोरोना संक्रमित प्रशिद्धीको सुझाव–आत्मबल बढाउनूहोला
काठमाडौं । विश्वमा कोरोनाभाइस (कोभिड १९)को महामारी बढी रहेको छ । नेपालमा हालसम्म ३० जनामा कोभिड १९ को संक्रमण देखिइसकेको छ ।
तर पहिलो कोरोना संक्रमित ३२ वर्षका पुरुष गत माघमै निको भएर घर फर्किइसकेका छन् भने दोस्रो कोरोना संक्रमण देखिएकी काठमाडौंकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठ पनि कोभिड १९ संक्रमणलाई जितेर आज घर फर्किएकी छन् ।
उनी गत चैत ९ गते अस्पतालमा कोभिड १९ को संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।
उनी शनिबार २७ दिनमा कोभिड १९ पूर्णरुपमा निको भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्र्चाज भइन् । डिस्र्चाज हुँदै गर्दा उनले सञ्चारमाध्यममा आफ्नो अनुभव यसरी सेयर गरिन् ।
…
गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिएँ । नेपाल आएर आफ्नोे घरमा सेल्फ आइसोलेसनमा बसेकी थिएँ । सेल्फ आइसोलसनमा बसेको चौथो दिन भियतनामको साथीले आफु कोभिड १९ संक्रमण देखिएको बताइन् । ति साथीले भनेपछि कुनै लक्षण नदेखिए पनि परीक्षणका लागि टेकु अस्पताल आएको थिएँ ।
दुईदिनपछिको कोरोना परीक्षणको रिपोर्ट आउँदा मेरो रिपोर्टमा कोभिड १९ पोजेटिभ (मलाई कोरोना संक्रमण भएको रहेछ) देखियो । नेपालको दोस्रो कोभिड १९ को संक्रमित म पनि भएँ ।
तर त्यति बेलासम्म घरमै थिएँ । मलाई लिन एम्बुलेन्स अस्पतालले पठाएको थियो । अस्पताल एम्बुलेन्समा आएँ । अस्पतालमा रहनुभएको मलाई चिकित्सक र नर्सहरुले ‘चिन्ता नलिनु केही हुँदैन’ भन्नु भएको थियो ।
अस्पताल भर्ना भएको एक–दुई दिनपछि मात्र कोभिड १९ को लक्षण देखिन थालेको थियो । लक्षणमा श्वासप्रश्वासमा समस्या, खोकी लाग्ने, थकाई बढी लाग्ने र पेट दुख्ने समस्या देखिएको थियो ।
हरेक दिन नर्स र चिकित्सकहरुले आत्मबल बढाउनुपर्छ केही हुँदैन भन्नुहुन्थ्यो ।
म सेल्फ आइसोलेसनमा बसेको हुँदा मेरो परिवारको कोभिड परीक्षण रिपोर्ट पनि चेक भयो । त्यो सबै नेगेटिभ देखियो भने अन्य मानिसहरुमा यो सर्न पाएन । सेल्फ आइसोलेसनमा महत्वपूर्ण रहेको सबैले बुझ्नु परेको देखिन्छ ।
यदि विदेशबाट आएको हुनुहुन्छ भने अनिवार्यमा कोभिड परीक्षण गर्नुहोला भन्न चाहन्छु । अन्य संक्रमितहरुलाई अनुशासित भएर बस्नुहोला, मेरो पनि धेरै परीक्षणपछि कोभिड १९ नेगेटिभ देखिएको हो ।
यसको लक्षण चाहिँ मनलाई अत्याउने खाले नै हुँदो रहेछ । सबै कोभिड १९ देखिनु भएकाहरुलाई के अनुरोध गर्छु भने लक्षण बेला बेला डरलाग्दो देखिए पनि आत्मबल बढाउनूहोला ।
अरु बिरामीको उपचारका लागि आफू प्लाज्मा दान गर्न तयार छु । कोभिड १९ को संक्रमितहरुलाई मैले गरेको प्लाज्माहरुले काम गरोस् भन्न चाहन्छु । आज अस्पताल भर्ना भएको २७ दिनमा अस्पतालबाट डिस्र्चाज भएको छु ।
कोरोना भाइरसबाट बच्न मास्क, पञ्जा लगाउन अनुरोध गर्दछु । म सेल्फ आइसोेलेसनमा बसेको हुँदा मेरो परिवारमा फैलन पाएन ।
तर धेरै मानिसहरुले सरकारको आइसोलेसनमा पुग्न नपाएकाहरुलाई सकेसम्म छिटो आइसोलेसनमा राख्न अनुरोध गर्दछु ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












