कोरोनालाई जितेर घर फर्किए नेपालका १० जना कोरोना संक्रमित
काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मुक्त हुने व्यक्तिको संख्या १० पुगेको छ ।
पछिल्लो पटक सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचाररत ६५ वर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएसँगै उपचारपछि निको हुने संक्रमितको संख्या १० पुगेको हो ।
सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल र ललितपुरको पाटन अस्पतालबाट गरी बिहीबार मात्रै ३ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन् ।
यस्तै, बुधबार नै डिस्चार्जको प्रक्रिया पूरा गरिएका धादिङका युवा पनि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी ६५ वर्षीया महिलामा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कैलालीको लम्कीचुहा नगरपालिका घर भएकी उनी पर्साको वीरगन्जमा चिया पसल चलाउँदै आएकी थिइन् ।
लकडाउनपछि वीरगन्जबाट कैलालीस्थित घर आएकी उनी क्वारेन्टाइन अवधि पूरा गरेर घर समेत गइसकेकी थिइन् । तर, कोरोना संक्रमणको आशंका संकलन गरिएको नमूना परीक्षण गर्ने क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
बिहीबार नै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका २ जना (आमा–छोरा) पनि कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।
उनीहरु गत चैत ५ गते बेलायतको लण्डनबाट नेपाल आएका थिए । सरकारले विदेशबाट आएका व्यक्तिहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने क्रममा वैशाख १ गते सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनामा कोरोना संक्रमणको संकेत (एन्टिबडी पोजेटिभ) देखिएको थियो ।
कोरोना संक्रमणको संकेत देखिएपछि तीनै जनालाई सोही दिन पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । पछि पीसीआर विधिबाट परीक्षण गर्दा २ जनामा मात्रै कोरोना संक्रमण देखिएको थियो ।
नेपालमा पहिलोपटक गत माघ ९ गते एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कोरोना भाइरसको पहिलो संक्रमित व्यक्ति करिब २ हप्ताको अस्पताल बसाइपछि संक्रमणमुक्त भएर घर फर्किएका थिए ।
हालसम्म काठमाडौंका ५, सुदूरपश्चिमका ४ र बाग्लुङका १ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेपालमा हालसम्म ४७ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकी ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












