कोरोनालाई जितेर घर फर्किए नेपालका १० जना कोरोना संक्रमित
काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मुक्त हुने व्यक्तिको संख्या १० पुगेको छ ।
पछिल्लो पटक सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचाररत ६५ वर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएसँगै उपचारपछि निको हुने संक्रमितको संख्या १० पुगेको हो ।
सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल र ललितपुरको पाटन अस्पतालबाट गरी बिहीबार मात्रै ३ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन् ।
यस्तै, बुधबार नै डिस्चार्जको प्रक्रिया पूरा गरिएका धादिङका युवा पनि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी ६५ वर्षीया महिलामा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कैलालीको लम्कीचुहा नगरपालिका घर भएकी उनी पर्साको वीरगन्जमा चिया पसल चलाउँदै आएकी थिइन् ।
लकडाउनपछि वीरगन्जबाट कैलालीस्थित घर आएकी उनी क्वारेन्टाइन अवधि पूरा गरेर घर समेत गइसकेकी थिइन् । तर, कोरोना संक्रमणको आशंका संकलन गरिएको नमूना परीक्षण गर्ने क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
बिहीबार नै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका २ जना (आमा–छोरा) पनि कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।
उनीहरु गत चैत ५ गते बेलायतको लण्डनबाट नेपाल आएका थिए । सरकारले विदेशबाट आएका व्यक्तिहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने क्रममा वैशाख १ गते सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनामा कोरोना संक्रमणको संकेत (एन्टिबडी पोजेटिभ) देखिएको थियो ।
कोरोना संक्रमणको संकेत देखिएपछि तीनै जनालाई सोही दिन पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । पछि पीसीआर विधिबाट परीक्षण गर्दा २ जनामा मात्रै कोरोना संक्रमण देखिएको थियो ।
नेपालमा पहिलोपटक गत माघ ९ गते एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कोरोना भाइरसको पहिलो संक्रमित व्यक्ति करिब २ हप्ताको अस्पताल बसाइपछि संक्रमणमुक्त भएर घर फर्किएका थिए ।
हालसम्म काठमाडौंका ५, सुदूरपश्चिमका ४ र बाग्लुङका १ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेपालमा हालसम्म ४७ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकी ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












