निको भएर घर पठाइएका संक्रमितलाई फेरि आइशोलेशनमा
काठमाडाैँ । कोरोनाको उपचारपछि निको भएर घर पठाइएका रौतहटका एक युवकलाई ७ दिनपछि फेरि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको छ ।
कोभिड–१९ संक्रमण पुष्टि भएपछि रौतहटको इशानाथ नगरपालिका-८ का १९ वर्षीय बच्चा अन्सारीलाई बैशाख २ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
नारायणी अस्पतालको आइशोलेनशमा १२ दिनसम्म राखिएका अन्सारीको पीसीआर परीक्षणको तेश्रो , चौथो र पाचौँ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले बैशाख १४ गते उनलाई डिस्जार्च गरी घर पठाएको थियो । तर घर पठाएको एक हप्ता नबित्दै उनलाई शनिबार राति फेरि रौतहटस्थित घरबाट अस्पतालमा ल्याइ आइशोलेशन वार्डमा राखिएको रखखिएको छ । अन्सारीले आफुलाई शनिबार राति नारायणी अस्पतालले पठाएको एम्बुलेन्समा राखेर घरबाट ल्याएको जानकारी दिए ।
अन्सारीका अनुसार घर गएको तीन दिन पछि गत बुधबार नारायणी अस्पतालबाट घरमा पुगेका ३ स्वास्थ्यकर्मीले खकार, सिगान र रगतको नमुना संकलन गरी फर्किएका थिए ।
शनिबार बेलुकी अचानक घरबाट एम्बुलेन्समा राखेर आफूलाइ नारायणी अस्पताल ल्याएको अन्सारीले बताए।
उनले भने–‘मेरो स्वास्थ्यमा कुनै समस्या छैन, अस्पतालमा आएपछि मैले उमा मेडम (अस्पतालकी चिकित्सक ) लाइ सोध्दा शंका छ त्यहि भएर ल्याएको भन्नुभयो।’
शनिबार राति अस्पतालमा ल्याइसकेपछि पनि स्वास्थ्यकर्मीले आफनो खकारको नमूना परीक्षणका लागि लिएर गएको अन्सारीले जानकारी दिए।
‘जे–जे उपचार गर्नुछ सबै एकैपटक गरेर घर पठाइदिए हुन्थ्यो’ अन्सारीले भने, ‘निको भएर डाक्टरले नै घर पठाएका हुन् अहिले फेरि शंका छ भनेर ल्याएर अस्पतालमा राखेका छन् , तनाब भइरहेको छ ।’
अस्पताल श्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा फेरि क्रस चेक गर्दा अन्सारीको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालका स्वास्थ्यकर्मीले गत बुधबार उनको घरमै पुगेर स्वाब संकलन गरी काठमाडौं पठाएका थिए । बुधबार पठाइएको स्वाबको रिपोर्ट पनि पोजेटिभ आएपछि अन्सारीलाई शनिबार राति अस्पतालमा ल्याइएको हो ।
बैशाख १४ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पठाएको अन्सारीसँगै चार जनाको पीसीआर रिपोर्टमा त्रुटी फेला परेको श्रोतले जानकारी दिएको छ । स्रातका अनुसार अस्पतालले शनिबार अन्सारीसँगै बैशाख १४ मा डिस्चार्ज गरिएका चार जनाको स्वाबको नमुना संकलन गरी फेरि पीसीआर परीक्षणका लागि काठमाडौं पठाएको छ ।
बैशाख १४ मा अन्सारीँंगै भारतका तीन जमातीको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई पनि अस्पतालबाट डिस्चार्ज गरिएको थियो । नाका बन्द रहेका कारण डिस्चार्ज गरिएका तीन भारतीय जमातीलाई वीरगन्ज–२ छपकैयाको यतिमखाना नजिकैका घरमा राखिएको छ । नारायणी अस्पतालका चिकित्सकले भने फलो अप चेकजाचका लागि अन्सारीलाई ल्याइएको बताए । नाम गोप्य राख्ने शर्तमा भने, ‘संक्रमितलाई निको भएर घर पठाए पनि केहि हप्तासम्म ७\७ दिनमा फलोअप चेकजाच गर्नुपर्छ , त्यहि भएर अन्सारीलाई ल्याइएको हो । उनको स्वाब संकलन गरी पीसीआर परिक्षणका लागि काठमाडौं पठाइएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












