लकडाउन कम्तीमा एकसाता कायम रहने, सङ्क्रमित नदेखिएका जिल्लामा अवस्था हेरेर खोल्ने तयारी
काठमाडौं । सरकारले कम्तीमा एकसाता लकडाउन कायम राख्ने तयारी गरेको छ ।
अहिलेसम्म सङ्क्रमित फेला नपरेका (ग्रिन जोन) जिल्लाहरूमा भने अवस्था हेर आवतजावत गर्न दिइने र आर्थिक क्रियाकलाप पनि गर्न दिइने सरकारको तयारी छ ।
“लकडाउन त कायम नै रहन्छ । सङ्क्रमित फेला नपरेका र सङ्क्रमण हुन खोजेका जिल्लाहरूमा खुकुलो बनाउने तयारी भइरहेको छ । यसबारेमा आज हामी उच्चस्तरीय समन्वयन समितिको बैठक बसेर थप मोडालिटी तय गर्छौँ,” कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले भने ।
पोखरेलले सीमा अनिश्चितकालसम्म सीलबन्दी नै रहने बताए । भारतको सङ्क्रमण र मुलुकमै पनि सङ्क्रमित फेला पार्ने क्रम नरोकिएकोले सिमानामा कडाइ अत्यावश्यक भएको उनको ठहर छ ।
“भारतमा सङ्क्रमित दर बढेको बढ्छै छ । त्यसैले पनि भारततर्फ आउने र जाने विन्दुमा झन् कडाइ नगरे सङ्क्रमण रोक्न सकिँदैन भन्ने हाम्रो निष्कर्ष छ । सिमाना लामैसमयसम्म बन्द छ,” उनको भनाइ ।
उनले हवाइ उडान पनि तत्काल नखोलिने सङ्केत गरे । “यो सबै सङ्क्रमणको अवस्थाले निर्धारण गर्ने कुरा हो,” उनी भन्छन् ।
सोमबार उच्चस्तरीय समन्वय समितिसहित सीमसीको पनि बैठक बसेको थियो । त्यसमा तीनथरी सुझाव आएका थिए । स्वास्थ्यमन्त्रालयले हरियो, पहेँलो, रातो क्षेत्र छुट्टयाउने र त्यही अनुसार लकडाउनको मोडालिटी बदल्ने सुझाव दिएको थियो । रातो रङ लागेका क्षेत्रमा लकडाउन कायम राख्ने, पहेंलो र हरियो देखिएका क्षेत्र खुकुलो राख्ने स्वास्थ्य मन्त्रालयको सुझाव थियो ।
अर्थ मन्त्रालयले अर्थतन्त्र सङ्कटबाट जोगाउन आर्थिक गतिविधि गर्न दिनेगरी क्रमशः खुकुलो बनाउनुपर्ने सुझाव अघि सारेको थियो । सीएमसीले कतै खोल्ने, कतै कडा गर्ने गर्दा व्यवस्थापन गर्न गाह्रो हुने र सङ्क्रमण फैलने भय भएकाले लम्ब्याउने निष्कर्ष निकालेको थियो ।
आज बस्ने उच्चस्तरीय समितिले विस्तृतमा खाका तयार पार्ने र बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने पोखरेलले जानकारी दिए । नेपालमा हालसम्म ८२ जना सङ्क्रमित पुगेका छन् । नेपालगञ्जमा मङ्गलबार मात्रै ७ जना सङक्रमित थपिएका छन् । उदयपुरपछि नेपालगञ्ज उच्च जोखिमको क्षेत्र बनेको छ ।
अहिलेसम्म २१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा छन् । १ सय ६ जना आइसोलेसनमा छन् भने १६ जना । ८२ जना सङ्क्रमित फेला परेका मध्ये १६ जना निको भएर घर फर्किएका छन् ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज धनगढीबाट सुरू
काठमाडाैं । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १०...
-
मनोज शर्मा नै किन रवि र बालेनलाई नै प्यारो ?
काठमाडौं । ‘नेपोकिड’ को नाराले ओलीलाई हेलिकप्टर चढेर भाग्ने बनायो । नातावाद र कृपावादको विरोधमा उत्रिएका जेनजीले सरकार फेरे ।...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत,...
-
सर्वोच्चमा पेशी सार्वजनिक ढिलो, सपना प्रधान मल्ल र मनोज शर्माको इजलास तोकिएन
काठमाडौं । सर्वोच्च अदालत ले शुक्रबारका लागि पेशी सूची ढिलो गरी सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीमा कायममुकायम प्रधानन्यायाधीश सपना...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
प्रधानन्यायाधीश सिफारिसपछि कांग्रेसको फरक अभिव्यक्ति, भन्यो- देशलाई एकलौटी शासनतर्फ धकेलियो
काठमाडौँ । नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी हालै जारी अध्यादेश र त्यसअन्तर्गत भएको निर्णय प्रक्रियाप्रति गम्भीर असहमति जनाएको छ । कांग्रेसले...












