प्रतिनिधिसभाका सबै सदस्य तथा कर्मचारीहरूको कोरोना परीक्षण गरिने
काठमाडौं । प्रतिनिधिसभाका सबै सदस्य तथा कर्मचारीहरूको कोरोना परीक्षण गरिने भएको छ।
मंगलबार सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सबै सांसद र कर्मचारीको पीसीआर विधिबाट कोरोनाको परीक्षण गर्ने निर्णय गरेको हो।
वैशाख २६ गतेदेखि संसदको बर्खे अधिवेशन आह्वान भइसकेको छ। बैठक सञ्चालन हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदको सभाहलहरू, कक्षहरू, भवन र परिसरलाई स्यानीटाइज गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै दूरी कायम गरेर बैठकहरु सञ्चालन गर्ने, संघीय संसद भवनमा कोरोना संक्रमण हुन नदिन सबै पूर्व- तयारी गर्ने निर्णय पनि बैठकले गरेको छ।
संघीय संसद भवनको सरसफाईमा विशेष ध्यान दिने निर्णय पनि बैठकले गरेको छ।
Comments
अरु समाचार
-
कारको ठक्करबाट दुई बालबालिकाको ज्यान गयो
दमौली (तनहुँ), असार १३ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा...
-
विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
काठमाण्डौ - फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
मनसुन फैलिँदै, कोशीमा भारी वर्षाको चेतावनी
काठमाडौँ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
रास्वपाको पदाधिकारी निर्वाचन : कसले कति मत ल्याए ? (सूची)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित...
-
प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने, विद्या भण्डारी प्रमुख अतिथि
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने भएका...
-
विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा...
-
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
काठमाडौँ, असार १२ गते । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे...











