कपिलवस्तुमा भेटिए कोरोनाका दुईजना बिरामी, संक्रमितको संख्या १०१ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या सय नाघेको छ।
कपिलवस्तुमा बिहीबार दुईजना कोरोना संक्रमित भेटिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु-८ निवासी १६ र २२ वर्षीय दुईजना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो। मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवै संक्रमितको अवस्था सामान्य रहेको छ। यससँगै नेपालमा संक्रमितको संख्याले पनि सतक पार गरेको छ।
कपिलवस्तुमा दुई संक्रमित भेटिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २६ पुगेको छ। यसअघि बाँकेको नेपालगञ्जमा २३ जना र रुपन्देहीमा एकजना कोरोना संक्रमित भेटिएका थिए। बिहीबार मात्रै विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत उदयपुरको भुल्केका थप आठजना संक्रमितहरु निको भएका थिए। गत सोमबारदेखि लगातार तीनपटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिने भएको छ।
गत बुधबार उक्त अस्पतालमा उपचाररत ६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए। अस्पतालको आइसोलेसनमा रहेका थप आठ जना कोरोनामुक्त पुष्टि भएकोले शुक्रबार डिस्चार्ज गरिने प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए। कोशी अस्पतालमा उपचाररत भारतीय जमाती एक जना, विराटनगर १७ का दुई जना र एक महिलासहित भुल्केका स्थानीय पाँच जनाले कारोनालाई परास्त गरेका हुन।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












