नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो
काठमाडाैँ । नेपालमा थप १९ जनामा कोरोना पुष्टि भएको छ।
आइतबार दिउँसो काठमाडौँका १ सहित थप १९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप १९ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताए।
आइतबार देखिएका संक्रमितमा मोरङ बाह्रदसी ३ का ४५ वर्षीय पुरुष, बारा कलैयाका ३२ वर्षीय पुरुष, पर्सा वीरगन्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साको नागवाका ६० वर्षीय पुरुष, रौटहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुष,रुपन्देहीका सम्मारीमाइका ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुष, काठमाडौँ सोस्रहखुट्टेका ७९ वर्षीय पुरुष, नुवाकोट ककानीका ३९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
त्यस्तै प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडाहवाका गाउँपालिका २३, ३०, ४० वर्षीय पुरुष, कपिलबस्तु खैराती ३ का ३५, ३७, ५२ वर्षीय पुरुष र गुल्मीको मदानेका ३१ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ देखिएको हो।
भैरहवामा परीक्षण गरिएका रुपन्देहीका ३, कपिलवस्तुका ३ र गुल्मी मदानेका १ जनाकाे बारेकाे जानकारी भने भैरहवा प्रयाेगशालाले हिजाे पनि सार्वजनिक गरेकाे थियाे।
कुल ६०३ संक्रमितमध्ये ५२४ पुरुष र ८९ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। उनले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य सुरु भएको जानकारी दिए।
संक्रमितमध्ये हालसम्म उपचारपछि निको भएर ८७ जना डिस्चार्ज भएका छन्।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












