शुक्रबार मात्रै थपिए १७० जना कोरोना संक्रमित, संक्रमितको संख्या १२१२
काठमाडाैँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार मात्रै १७० कोरोना संक्रमित थपिएका छन्। प्रवक्ता देवकोटाका अनुसार १७० जना थपिएसँगै देशभर संक्रमितको संख्या १२१२ पुगेको छ। उनका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परीक्षणमा सप्तरी राजबिराजका ४ जना नयाँ संक्रमित रहेका छन्। त्यहीँ भएको परीक्षणमा झापाको भद्रपुरका ३४ वर्षीय पुरुष पनि संक्रमित पाइएका छन्।
कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २८ जना संक्रमित भेटिएका छन्। उनीहरु सबै झापाका रहेका छन्। नारायणी अस्पतालमा गरिएको परीक्षणमा ९ जनालाई संक्रमण देखिएको छ। उनीहरु बारा र पर्साका रहेका छन्। पाटन अस्पतालमा गरिएको परीक्षणमा एकजनालाई कोरोना पुष्टि भएको छ। उनी ३१ वर्षीय पुरुष छन्। गण्डकी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा एकजनालाई कोरोना पुष्टि भएको छ। उनी म्याग्दीको मालिकाका पुरुष हुन्। भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जनालाई कोरोना पुष्टि भएको छ। उनीहरु बाँके डुढुवाका १० जना पुरुष रहेका छन्।
चितवनको भरतपुर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको छ। उनीहरुमा कपिलवस्तुका ४ जना र नवलपरासीका २ जना रहेका छन्। काठमाडौंस्थित जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा ८४ जनाको पोजेटिभ रिपोर्ट आएको छ। देवकोटाका अनुसार कपिलवस्तुको भृकुटी माविको क्वारेन्टाइमा बसेका २४ जनामा कोरोना देखिएको हो। त्यहीँ गरिएको परीक्षणमा जनता मावि डुमरिया रौतहटको क्वारेन्टाइनमा बसेका ५६ जनामा कोरोना देखिएको छ। त्यस्तै सर्लाहीको मलंगवाका ४ जनामा संक्रमण पुष्टि भएको छ। रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना कोरोना पुष्टि भएको छ। जसमा कपिलवस्तुका एउटा स्कुलको क्वारेन्टाइनमा बसेका १५ जना छन्।
त्यस्तै रुपन्देहीका १ जनामा पनि कोरोना देखिएको छ। राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ। त्यहाँ गरिएको परीक्षणमा कोरोना देखिनेमा कपिलवस्तुको विजयनगरका ९ जना रहेका छन्।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











