डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु
डडेल्धुरा । डडेल्धुराको क्वरेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ।
गन्यापधुरा गाउँपालिका–२ की ३० वर्षीया महिलाको मृत्यु भएको हो। मंगलबार राति शौचालय जाँदा बेहोस भएकी ती महिलाको लगत्तै मृत्यु भएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिए। ‘हिजो राति शौचालय गएको बेला उहाँ बेहोस हुनु भएछ।
उहाँ काप्दै हुनुहुन्थ्यो भन्ने बुझिएको छ। उहाँमा काप्ने लक्षण देखिएको रहेछ,’ विष्टले भने, ‘पछि गाउँबाट धामीझाँक्री आएको भन्ने बुझिएको छ। पछि लगत्तै उनको मृत्यु भएको हो।’ चार दिनअघि भारतबाट आएकी महिला श्रीमान् र छोरासहित गन्यापधुरा गाउँपालिका–१ ले निमार्ण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बसिरहेकी थिइन्।
मंगलबार राति ११ बजे बिरामी भएकी महिलालाई अस्पताल लैजान १ बजे एम्बुलेन्स पुगे पनि कोरोनाका कारण मुत्यु भएको भन्दै कसैले पनि नछोएको स्रोतको भनाइ छ। स्थानीयहरु क्वारेन्टाइन नजिक आगो बालेर बसे पनि एम्बुलेन्समा राख्न कसैले नमानेको बताइएको छ।
एम्बुलेन्स चालकले पनि स्वास्थ्य सुरक्षाका सामग्री नबोकेकाले हात नलगाएको जनाइएको छ। अहिले स्वास्थ्यकर्मीको टोली घटनास्थल गएको र उनको स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए। गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले आफू घटनास्थलतर्फ गइरहेको र एक घन्टापछि मात्रै विस्तृतमा जानकारी दिने बताए।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












