लकडाउनको ७३ औं दिनमा खुले न्युरोडका पसल
काठमाडौं । लकडाउन भएको ७३ औं दिनमा काठमाडौंस्थित न्युरोडका पसलहरू खुलेका छन् ।
लामो समयदेखिको लकडाउनका कारण समस्यामा परेको भन्दै व्यवसायीहरूले बिहीबारबाट बिहान ११ बजेसम्म पसल खोलेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा पसल सञ्चालनमा ल्याइएको हो ।
व्यवसायीले लकडाउनका कारण अर्थतन्त्र नै संकटोन्मुख रहेको, राज्यले लकडाउन भएको समयमा पनि कर तिर्न ताकेता गरेको भन्दै विरोध गर्दै आएका छन् । आज केही पसल खुलेको भए पनि भोलिदेखि सबै पसल बिहान ११ बजेसम्म खुला हुने व्यवसायीले बताए ।
महासंघका अध्यक्ष नरेश कटुवालले संगठनको निर्णय अनुसार सामाजिक दूरी कायम गर्दै पसल सञ्चालनमा ल्याइएको बताए । उनले सरकारलाई कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकाले पसल खुला गर्नुपरेको बताए । उनले लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा व्यवसायीहरु समस्यामा परेकाले पसल खोल्न बाध्य भएको बताए । त्यस्तै व्यवसायीहरुले ग्राहकको ज्वरो जाँच गर्ने तथा स्यानिटाइजरले हात धुन लगाएर मात्र पसलमा प्रवेश गराएका छन् ।
बिहीबार न्युरोड, असन, भोटेबहाल लगायतका ठाउँका फेन्सी, ग्रोसरी, इलेक्ट्रोनिक पसलहरु खुलेका छन् ।
यस्तै, न्युरोडका केही व्यापारीले लकडाउनको समयमा पनि कर तिर्न भनेको विषयमा ब्यानर बोकेर विरोध जनाए । उनीहरूले लामो समयसम्म लकडाउन हुँदा व्यापार व्यवसाय गर्न नपाएको, आम्दानी नभएकाले कर तिर्न नसक्ने समेत बताएका छन्।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











