व्यवसायीले लकडाउन अवज्ञा गरेपछी उपत्यकाका तीनवटै प्रशासनको आकस्मिक बैठक
काठमाडौँ । उद्योगी/व्यवसायीहरुले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि परिस्थिति नियन्त्रणमा लिन उपत्यकाभित्रका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त रुपमा आकस्मिक बैठक बसेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन, सुरक्षा निकाय तथा स्थानीय निकायका पदाधिकारीलगायतको उपस्थितिमा बसेको आकस्मिक बैठकमा लकडाउन व्यवस्थित बनाउने विषयमा छलफल भइरहेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) जनकराज दाहालले तीनवटै जिल्ला प्रशासन तथाअन्तर्गतका सुरक्षा निकायको संयुक्त बैठकले लकडाउन कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको बताए ।
बैठकस्थलबाट प्रजिअ दाहालले कान्तिपुरसँग भने, ‘व्यवसायीहरुले लकडाउन अवज्ञा गर्ने भन्नु भएको छ, यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ, तर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा तीनवटै जिल्लाका प्रशासन, सुरक्षा निकाय, जिल्ला समन्वय समिति, स्थानीयतहलगायत मिलेर एउटा समाधानको बाटो खोज्छौं, यस विषयमा छलफल जारी छ ।’
प्रजिअ दाहालले शैक्षिक संस्था, होटल तथा पार्टी प्यालेस, सार्वजनिक यातायात/सनेमा हल, सार्वजनिक भेला सम्मेलनलगायतलाई पूर्ण रुपमा नियन्त्रण गरेर बाँकी क्षेत्र नियन्त्रित ढंगले सुचारु गर्ने सम्वन्धमा छलफल जारी रहेको बताए । यस विषयमा केन्द्रित भएर जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर निष्कर्षमा पुग्ने उनले बताए ।
लकडाउनले जनजीवन कठिन बनाएको भन्दै बिहीबारदेखि मुलुकका विभिन्न ठाउँहरुमा पसलहरु खुल्न थालेका छन् । बिहीबार काठमाडौंको न्युरोडमा रहेका केही पसलहरु पनि खुलेका छन् ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












