स्वास्थ्य सामग्री खरिद प्रकरणः उपसमिति गठन गर्दै लेखा समिति
काठमाडाै। सरकारले गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितताको विषयमा संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छलफल थालेको छ।
व्यापक अनियमितता भएको भन्दै सरकारको आलोचना बढेपछि समितिमा सोमबार यसबारे छलफल भइरहेको छ।
आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव लक्ष्मण अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का सदस्यसचिव नारायण बिँडारीलाई बोलाइएको छ।
आजको बैठकमा समिति सदस्यहरु विरोध खतिवडा, धर्मशीला चापागाईं, राजेन्द्र केसी, प्रदीप यादवहरुले ओम्नी ग्रुपले खरिद गरेको सामग्रीमा अनियमितता भएको स्वास्थ्य मन्त्रालयले नै ठहर गरे पनि उसलाई कालोसूचीमा नराखेकोमा सरकारको आलोचना गरेका छन्।
त्यस्तै, अनियमितता ठहर भए पनि उसलाई भुक्तानी दिएकामा मन्त्रालयको चर्को आलोचना भएको छ।
सांसदहरुले स्वास्थ्य सचिवलाई ‘ओम्नी ग्रुपले खरिद गरेको सामग्रीमा अनियमितता भएको स्वास्थ्यले नै ठहर गरेको तर कालोसूचीमा राख्ने काम नभएको’, ‘अनियमितता ठहर भएपछि भुक्तानी किन दिइयो?’, ‘जरिवाना गरेको रकम किन राज्यको ढुकुटीमा आएन?’, ‘कारबाही नै गरेको भए किन भुक्तानी दिएको?’लगायतका प्रश्न सोधेका छन्।
समितिका सभापति भरत शाहले पनि स्वास्थ्य सामग्री खरिदमा ठूलो अनियमितता देखिएको बताएका छन्। उनले आर्थिक र नीतिगत अनियमितता देखिएको समिति बैठकमा बताएका हुन्।
सांसदहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मनलागी काम गरेको भन्दै चर्को आलोचना गरेका छन्। यो प्रकरणको उपसमिति बनाएर छानबिन गर्न सांसदहरुले माग गरिरहेका छन्।
स्वास्थ्य मन्त्रालयले समिति बनाएर सामग्री खरिद गर्नुपर्नेमा सार्वजनिक खरिद ऐनविपरीत गएर स्वास्थ्य मन्त्रालयका सल्लाहकारलाई जिम्मेवारी दिएकोमा समेत सांसदहरुले प्रश्न उठाएका छन्।
सरकारले १० अर्बको स्वास्थ्य सामग्री खरिद गरेको बताए पनि पछि करिब नौ अर्बको बिल सार्वजनिक गरेको थियो।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












