सुरक्षा निकायमा कोरोनाको उच्च जोखिम, २९७ संक्रमित
काठमाडाैँ । कोरोना संक्रमण रोकथामका लागि सडकदेखि अस्पतालसम्म खटिएका सुरक्षाकर्मीमा संक्रमण बढ्दै गएको छ ।
आइतबारसम्म दुई सय ९७ सुरक्षाकर्मीमा संक्रमण देखिएको छ ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीमा पनि आइतबार संक्रमण देखिएको छ । सवारी शाखामा कार्यरत एक चालकमा रहेको संक्रमण अरूमा सरेको आशंकामा परीक्षण गर्दा थप तीन प्रहरीमा देखिएको हो । संक्रमित प्रहरी ब्यारेकमै बस्दै आएकाले अन्य प्रहरीलाई पनि क्वारेन्टाइनमा राखिएको छ । धेरै प्रहरीमा संक्रमण फैलिएको आशंकामा आइतबारदेखि प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ । सबैजसो प्रहरीको परीक्षणको तयारी छ ।
केही दिनयता प्रहरीमा संक्रमण बढिरहेको छ । प्रदेश १ का मोरङ, झापा र इलाममा संक्रमण देखिएको छ । नेपाल प्रहरीका एक सय १९ कर्मचारीमा हालसम्म संक्रमण देखिएको र त्यसमध्ये ९५ जना निको भइसकेको प्रहरी प्रवक्ता नीरज शाहीले बताए ।
सशस्त्र प्रहरीका ९१ कर्मचारीलाई संक्रमण भएको छ । जसमध्ये २१ जना उपचाररत छन् । संक्रमितमध्ये धेरैजसो भारतसँगको सीमा क्षेत्रमा खटिएका प्रहरी छन् । गत साता झापामा मात्र २० जनामा संक्रमण देखिएको थियो ।
नेपाली सेनाका ८७ जनामा संक्रमण देखिएकोमा ७० जना पूर्ण रूपमा ठीक भएर काममा फर्किसकेको प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए । उपचाररत १७ जनाको अवस्था पनि सामान्य रहेको उनको भनाइ छ । संक्रमितमध्ये धेरैजसो क्वारेन्टाइनको व्यवस्थापनमा खटिएकाहरू छन् । संक्रमण रोक्न स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सबै कार्यालयमा कडाइका साथ पालना गरिएको प्रवक्ता पौडेलको भनाइ छ ।
लकडाउन खुलेसँगै आन्तरिक संक्रमण बढेकाले सुरक्षाकर्मीमा पनि संक्रमण बढ्दै गएको छ । अभियुक्त पक्राउ, भिड नियन्त्रणजस्ता काममा खटिएका प्रहरीमा संक्रमण बढेको छ । अभियुक्तमाथि अनुसन्धानका क्रममा पनि कतिपय मुद्दा शाखामा कार्यरत प्रहरीलाई संक्रमण भएको छ ।
भत्ता, न बिमा
कोरोना रोकथाम तथा उपचारमा खटिएका कर्मचारीलाई सरकारले जोखिम भत्ता दिने निर्णय गरे पनि चार महिनासम्म कसैले पाएका छैनन् । जसले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मनोबल खस्किएको छ । अर्थ मन्त्रालयले बजेट निकासा नगर्दा भत्ता वितरण हुन नसकेको हो । महिनामै करिब दुई अर्ब खर्च हुने भएपछि अर्थले बजेट निकासमा रुचि देखाएको छैन ।
त्यस्तै, सरकारले सबै राष्ट्रसेवकको कोरोना बिमा गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन । यस सम्बन्धमा बिमा समितिले निर्देशिका बनाउने काम गरिरहेको र छिटै कार्यान्वयन गरिने अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बताए ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











