लकडाउनको तयारीमा सरकार, प्रधानमन्त्री ओली विज्ञहरुसँग परामर्शमा
काठमाडौं। कोभिड १९ का संक्रमित बढ्दै जाँदा सरकारले फेरि लकडाउन गर्न परामर्श अघि बढाएको छ।
विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह स्थिति आउने चेतावनी दिइरहेका बेला सरकार लकडाउन गर्ने वा नगर्ने भन्ने परामर्शमा जुटेको हो।
लकडाउनका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले मंगलवार २० जना भन्दा बढी जनस्वास्थ्य विद्लाई सरकारी निवास बालुवाटार बोलाएका छन्। संक्रमितको संख्या बढिरहेकाले थप रणनीति तयार पार्न विज्ञहरुको सल्लाह लिन लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘संक्रमित बढिरहेका छन्। त्यसैले विज्ञहरुको सल्लाह लिन लाग्नुभएको हो,’ उनले भने।
संक्रमण कसरी रोक्ने बारेमा छिट्टै अर्को रणनीति बनाउनेबारे सरकारले तयारी थालेको छ। त्यसका लागि छलफलको सिरिज अन्तर्गत विज्ञहरुसँग छलफल थालिएको थापाले बताए। उनका अनुसार प्रधानमन्त्रीले यसपटक पनि यसअघि गरिएको जस्तै विज्ञहरुसँग छलफल गरेर थप निर्णयमा पुग्नेछन्। यसअघि पनि लकडाउन खुकुलो गर्नुअघि २५ जना विज्ञहरुको सल्लाह प्रधानमन्त्रीले लिएका थिए। विज्ञहरुको सल्लाहपछि लकडाउन खुकुलो पारेको सरकारले फेरि लकडाउने गर्नेबारे छलफल थालेको हो।
पछिल्लो समय प्रदेश २ का वीरगंज, धनुषा लगायत ठाउँमा संक्रमण बढिरहेको छ। काठमाडौं उपत्यकामा पनि बढिरहेको अवस्था छ। ट्राभल हिस्ट्री नभएका ब्यक्तिहरुमा समेत संक्रमण देखिन थालेपछि विज्ञहरुले भयावह रुप लिनसक्ने भन्दै चेतावनी दिएका छन्।
स्वास्थ्य मन्त्रालयले आइतवार बालबालिका र जेष्ठ नागरिकलाई घरभित्रै बस्न आग्रह गरेको थियो। सरकारले भने हालसम्म कोभिड १९ को संक्रमण समुदायमा फैलिसकेकोबारे औपचारिक जानकारी दिएको छैन। तर तराई लगायतका कतिपय ठाउँमा संक्रमण समुदायमा फैलिएको नफैलिएका भन्नेबारे अध्ययन भइरहेको बताइएको छ।
नेपालमा चैत १० गते लकडाउन गरिएकोमा साउन ७ गते हटाएको थियो। लकडाउन हटाएपछि संक्रमण बढदै गएको छ। सुरुवातमा विदेशबाट आएकामा मात्रै संक्रमण देखिएको भएपनि अहिले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार लगायतमा संक्रमण देखिन थालेको छ। हाल नेपालमा २० हजार भन्दा बढिमा कोभिड १९ संक्रमण पुष्टि भएको छ भने ५७ जनाभन्दा बढीको निधन भएको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












