अख्तियारमा काम गर्ने १५ जनामा कोरोना पुष्टि
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ प्रहरीको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
डेढ सय बढी कर्मचारीको आइतबार स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो। अख्तियार स्रोतका अनुसार स्वाब पठाइएका मध्ये १५ जनामा कोरोना पुष्टि भएको हो।
‘अख्तियारको प्रन्टलाइनमा कार्यरत १५ प्रहरी अधिकारीको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ’, स्रोतले भन्यो, ‘पहिलो चरणमा प्रन्टलाइमा कार्यरत कर्मचारीको स्वाब संकलन गरिएको थियो।’
यसअघि अख्तियारमा कार्यरत एक प्रहरी अधिकारी उपत्यकाबाहिर गएर फर्किएका थिए। उनमा कोरोना पोजिटिभ देखिएपछि अन्य सुरक्षाकर्मीसहित प्रन्टलाइनमा कार्यरत कर्मचारीको स्वाब संकलन गरिएको थियो।
१५ जनामा कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङको काम सुरु भएको अख्तियार स्रोतको भनाइ छ।
नेपालमा कोरोना भाइरसको संक्रमण दर विस्तारै बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या २० हजार ७५० पुगेको छ। कोरोनाले ५७ जनाको मृत्यु भइसकेको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












