अब चाडपर्व घरपरिवारमा मात्रै मनाउनुपर्ने, यस्ता छन् मापदण्ड
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड-२०७७ जारी गरेको छ ।
मन्त्रालयले आगामी दिनहरुमा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरुको समय आउँदै गरेकोले कोभिड –१९ को संक्रमणको जोखिम कम गर्न सुरक्षित रुपमा पर्व कसरी मनाउने भन्ने विषयमा मापदण्ड तयार पारेको बताएको छ ।
मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने उल्लेख छ । सम्भव भएसम्म एकाघरका परिवारका सदस्ययहरुमात्रै बसी चाडबाड तथा पर्वहरु मनाउन भनिएको छ ।
चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने र चाडपर्व ,जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने भनिएको छ ।
त्यसैगरी धार्मिक स्थलमा हुने हरेक भेलामा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने तथा सतहहरु (रेलिङ, बार आदि) देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउन सक्ने समाग्रीहरु छुनुहुँदैन ।
कुनै पनि धार्मिक कार्यक्रम तथा भेला गर्दा भीडभाड व्यवस्थापनका लागि पर्याप्त जनस्वास्थ्यका सुरक्षासहित तालिम प्राप्त कर्मचारी वा स्वयंसेवकहरुको व्यवस्था गर्ने र कार्यक्रमस्थलको सरसफाइ र हरेक दिन कम्तीमा दुई पटक डिस्इन्फेक्ट गर्न उल्लेख गरिएको छ ।
साथै सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने, गर्नै परेमा प्याकेजमा स्वस्थ्य व्यक्तिले पञ्जा लगाएर प्याक गर्ने व्यवस्था मिलाउने र प्रसाद वा अन्य फलफूलहरु निश्चित व्यक्तिहरुले घरमै गएर बाँड्न मिल्ने व्यवस्था मिलाउनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।
यस्ता छन् मापदण्ड
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












