क्याबिनेटको निर्णय: लकडाउन नहुने, नाकामा कडाइ
काठमाडौं । देश कोरोनाको महामारीबाट आक्रान्त छ ।
यस्तो बेलामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले जनसरोकारका विषयमा के निर्णय गर्ला भन्नेबारे आम जनमानसमा अधिक चासो देखिनु स्वाभाविकै हो ।
बालुवाटारमा सोमबार साँझ बसेको क्याबिनेट बैठक सकिँदा राति साढे ८ बजिसकेको थियो । कोरोनासँग जुधिरहेका जनतामा मन्त्रिपरिषद बैठकमा निर्णय राति नै पत्रकार सम्मेलन गरेर जानकारी गराइनुपर्ने हो । किनभने, महामारीका बेला तत्काल सूचना पाउनु जनताको अधिकार पनि हो ।
तर, बैठक सकिएपछि सरकारका प्रवक्ता डा. युवराज खतिवडा चुपचाप निवासतिर लागे । मुख्यसचिव पनि माइन्युट च्यापेर बाटो लागे, अन्योल कायमै रह्यो ।
महामारीका बेलामा सरकार जनताप्रति कति संवेदनशील छ भन्ने सोमबार साँझको बैठकले स्पष्ट पारेको छ । सरकारका निर्णयहरु अपारदर्शी र गुपचुप हुने विकृत प्रचलन बढ्दै गएको छ ।
सोमबार साँझ बसेको क्याबिनेट बैठकले के-के निर्णय गर्यो त ? यसबारेमा चासो राख्दा एक मन्त्रीले भने, ‘मन्त्रिपरिषदले लकडाउन गर्ने निर्णयचाहिँ गरेको छैन, यसमा ढुक्क हुनुस् ।’
कोरोनाबारे अरु निर्णयहरु चाहिँ के-के भए त ? यातायात चल्ने नचल्ने के भयो ? पसलहरु चल्ने नचल्ने के भयो ? यो प्रश्नमा उनले भने, ‘नियुक्तिबाहेक क्याबिनेटमा भएका अन्य निर्णयहरु भोलि मुख्यसचिवजीले माइन्युटमा सच्याउन पनि सक्नुहुन्छ, त्यसैले अहिले नै यस्तै भयो भन्न मिलेन, भोलि-पर्सितिर थाहा होला ।’
अर्का एक मन्त्रीका अनुसार विभिन्न १० वटा नाकाहरुको आवत- जावतमा कडाइ गर्ने सरकारले निर्णय गरेको छ ।
आइतबार बसेको सीसीएमसीको बैठकले गरेको सिफारिसअनुसार भदौमा खुल्ने भनिएका हवाइ यातायात, जिमखाना इत्यादि भदौ दोस्रो सातापछि मात्र खुल्नेछन् । साथै त्यसबेला खुल्ने हवाई मार्गबाट दिनमा ५ सयभन्दा बढी यात्रु ओसार्न नदिने गरी सीमा तोकिएको छ । भदौ १ देखि खुल्ने भनिएका सबै क्षेत्र र व्यवसायहरु नखुल्ने भएका छन् ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












