काठमाडौंका ११० सहित उपत्यकामा १३४ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार १३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा १३४ संक्रमित थपिएका हुन् ।
“काठमाडौंका ११० जना, ललितपुरका १६ जना र भक्तपुरका ८ जनामा कोरो संक्रमण देखिएको छ,” उनले भने । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २८ जना ललितपुरका एकजना र भक्तपुरका चारजना संक्रमित थपिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका दुई र काठमाडौंका २० जना संक्रमित थपिएका छन् । त्यसैगरी पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं आठ र ललितपुरका आठजनामा कोरोना भाइरसको संक्रमण देखिएको उनले बताए ।
वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका तीनजनामा कोरोना देखिएको उनले जानकारी दिए ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंमा १३ र भक्तपुरमा एकजना र ललितपुरमा एक जना संक्रमित थपिएको उनले जानकारी दिए ।
उनका अनुसार नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंमा पाँच संक्रमित थपिएका छन् । स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका १४ र ललितपुरका एकजनामा संक्रमण भेटिएको गौतमले जनाए ।
विध ल्याब ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका दुई र ललितपुरका दुईजना संक्रमित थपिएको पनि उनले बताए । वीरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका तीनजनामा संक्रमण देखिएको छ ।
नेपाल मेडिकल कलेजमा गरिएको परीक्षणमा काठमाडौंका दुई, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका आठजना र ललितपुरका एकजना, नेपाल-कोरिया अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका एकजनामा संक्रमण देखिएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ललितपुरका दुईजनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











