एकीकृत क्वारेन्टिन व्यवस्थापन समिति गठन, सुरक्षाको जिम्मा नेपाली सेनालाई
काठमाडौं । सरकारले क्वारेन्टिन व्यवस्थानका लागि एकिकृत क्वारेनटिन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमणको जोखिम बढ्दै गएकोले कोरोना नियन्त्रणका लागि थप व्यवस्थापन गर्न एकिकृत क्वारेन्टिन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।
उनका अनुसार समितिको संयोजकमा गृह सचिव रहने र स्वास्थ्य मन्त्रालयका उच्च तहका अधिकारी रहने र सदस्यहरुमा सामान्य प्रशासन मन्त्रालयले तोकेका सहसचिव, सहरी विकास तथा भवन निमार्ण विभागका महानिर्देशक, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रथम श्रेणीका अधिकारीहरु र क्वारेन्टिन रहने स्थानीय तहका प्रमुख तोकेका प्रतिनिधि सदस्य रहने छन् ।
उक्त समितिले काठमाडौंका तीन वटै जिल्लामा रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमार्फत क्वारेन्टिन स्थलको पहिचान र सञ्चालन गर्ने डा. खतिवडाले जानकारी दिए । समितिले क्वारेन्टिनको निर्माण र अतिआवश्यक कार्य गर्ने उनले बताएका छन् ।
उनका अनुसार क्वारेन्टिनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
उक्त क्वारेन्टिनमा विदेशबाट उद्धार गरेर ल्याइएका व्यक्तिहरुलाई राखिने र त्यसवापतको खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च गरिने जनाइएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












