सरकारले जुनसुकै अस्पताललाई पनि कोरोना डेडिकेटेड बनाउन सक्ने, विरोध गरे कारबाही
काठमाडौं । सरकारले निजी अस्पताललाई पनि कोभिड अस्पताल (उपचार केन्द्र) मा रुपान्तरण गर्ने गरी निर्णय लिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। काठमाडौंसहित देशका प्रमुख सहरी क्षेत्रमा कोरोना तीव्र गतिमा फैलिँदै गएपछि मन्त्रिपरिषद्ले जुनसुकै अस्पताललाई नियन्त्रणमा लिएर कोभिड उपचार केन्द्रमा परिणत गर्ने निर्णय गरेको हो। अहिले केही अस्पतालले बिरामीको उपचार गर्नै छाडेका छन्।
कोभिडका बिरामीको पनि परीक्षण गरेर रेफर गर्ने क्रम बढेको छ’, उनले भने, ‘अब कोभिडका बिरामीको उपचारका लागि सरकारले जुनसुकै अस्पताल नियन्त्रणमा लिन सक्ने गरी निर्णय लिएको छ।’ खतिवडाले अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीका लागि सरकारी, सार्वजनिक र सामुदायिक अस्पतालका अतिरिक्कत निजी, सहकारी र गैरनाफामुलक अस्पताल पनि प्रयोग गर्न सकिने बताए। ‘आवश्यकता अनुसार कुनै पनि अस्पताललाई कोभिड १९ को मात्रै उपचार केन्द्र बनाउन सकिनेछ’, उने भने, ‘यस कार्यमा असहयोग र बाधा, विरोध गर्नेलाई कडा कारवाही गरिनेछ।
‘ उनले अहिले महामारीको अवस्थामा रहेकाले देशका सबै स्वास्थ्य संयन्त्र परिचालित हुनुपर्ने बताए। ‘महामारीको अवस्थामा रहेका छौं, यो अवस्थामा स्वास्थ्य क्षेत्रका सबै संयन्त्रहरु परिचालित गर्नुपर्ने छ’, उनले अगाडि भने, ‘सुविधाको मात्रै उपचार गर्ने र असुविधाको उपचार नगर्ने भन्ने हामीलाई मौका छैन। कोभिडको मात्रै बिरामी हेर्छु, अर्को हेर्दिनँ भन्न थालियो भने हामीले पार लगाउन सक्दैनौं।’ उनले कोरोनाले महामारीको रुप लिइसकेकाले अब कोरोनाका डेडिकेटेड अस्पताल थपिने बताए। ‘कोरोना डेडिकेटेड अस्पताल मात्रै बनाउने निर्णय भएको छ।
अब जतासुकै कोरोनाको उपचार गरेर हुँदैन, कोभिडको मात्रै उपचार गर्ने अस्पताल थप्दैछौं’, उनले भने, ‘त्यसका लागि निजी अस्पतालमा पनि प्रयोगमा ल्याउँछौं। सबै स्वास्थ्य संस्थाले यो निर्णय पालना गर्नु पर्छ। यो सरकारको आदेश हो।’ खतिवडाले अस्पतालैपिच्छे बिरामी धाइरहने अवस्ता अन्त्य गरिने बताए। ‘अस्पतालै पिच्छे बिरामी धाइरहनुपर्ने अवस्था रहनु हुँदैन’, उनले भने, ‘बिरामी भर्ना नगर्ने भन्ने हुँदैन। परीक्षण मात्रै गरेर बिरामी रेफर गर्ने क्रम पनि अब अन्त्य हुन्छ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












