शैक्षिक संस्था र लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द
काठमाडौं । शैक्षिक संस्था र लामो दूरीका यातायात भदौभर नखुल्ने भएका छन्।
आइतवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको एकजना मन्त्रीले जानकारी दिएका छन् देशमा कोरोना भाइरस तीव्र गतिमा फैलिन थालेपछि मानिसको ओहोरदोहोर रोक्न र भिड जम्मा हुन नदिन लामो दूरीका यातायात र शैक्षिक संस्था भदौ मसान्तसम्म बन्द नै राख्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिएका छन्।
त्यसैगरी सरकारले आन्तरिक हवाई उडान पनि भदौ मसान्तसम्म नै नखोल्ने निर्णय गरेको छ। हवाई कम्पनीहरुले उडान सञ्चालनको पूर्वतयारी गरिरहँदा सरकारले भने भदौ १५ सम्म रहेको उडान स्थगनलाई बढाएर मसान्तसम्म पुर्याएको हो।
साउन ७ गते लकडाउन खुलेसँगै सरकारले शैक्षिक संस्था खुलाउने तयारीस्वरुप सरकारी शिक्षकहरुलाई विद्यालयमा हाजिर हुन भनेको थियो। तर लकडाउन खुलेसँगै कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि शैक्षिक संस्था खुल्ने अझै टुंगो भएको थिएन। यस्तोमा भदौ मसान्तसम्म नखुल्ने निर्णय भएको हो। अर्कातिर लकडाउन हटेसँगै एक जिल्ला भित्र मात्रै सवारीसाधन चल्न थालेका थिए।
तर कोरोना फैलिएसँगै देशका अधिकांश स्थानमा अहिले निषेधाज्ञाको अवस्था छ। यस्तो अवस्थामा सरकारले लामो दूरीका यातायात पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय लिएको हो। सरकारले साउन ७ गतेदेखि लकडाउन हटाए पनि लामो दूरीका यातायात, शैक्षिक संस्था तथा आन्तरिक र बाह्य हवाई उडान खुलाएको थिएन। कोरोना फैलिएपछि खुला गरिएका अन्य व्यवसाय पनि अहिले बन्द भइसकेका छन्।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












