शैक्षिक संस्था र लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द
काठमाडौं । शैक्षिक संस्था र लामो दूरीका यातायात भदौभर नखुल्ने भएका छन्।
आइतवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको एकजना मन्त्रीले जानकारी दिएका छन् देशमा कोरोना भाइरस तीव्र गतिमा फैलिन थालेपछि मानिसको ओहोरदोहोर रोक्न र भिड जम्मा हुन नदिन लामो दूरीका यातायात र शैक्षिक संस्था भदौ मसान्तसम्म बन्द नै राख्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिएका छन्।
त्यसैगरी सरकारले आन्तरिक हवाई उडान पनि भदौ मसान्तसम्म नै नखोल्ने निर्णय गरेको छ। हवाई कम्पनीहरुले उडान सञ्चालनको पूर्वतयारी गरिरहँदा सरकारले भने भदौ १५ सम्म रहेको उडान स्थगनलाई बढाएर मसान्तसम्म पुर्याएको हो।
साउन ७ गते लकडाउन खुलेसँगै सरकारले शैक्षिक संस्था खुलाउने तयारीस्वरुप सरकारी शिक्षकहरुलाई विद्यालयमा हाजिर हुन भनेको थियो। तर लकडाउन खुलेसँगै कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि शैक्षिक संस्था खुल्ने अझै टुंगो भएको थिएन। यस्तोमा भदौ मसान्तसम्म नखुल्ने निर्णय भएको हो। अर्कातिर लकडाउन हटेसँगै एक जिल्ला भित्र मात्रै सवारीसाधन चल्न थालेका थिए।
तर कोरोना फैलिएसँगै देशका अधिकांश स्थानमा अहिले निषेधाज्ञाको अवस्था छ। यस्तो अवस्थामा सरकारले लामो दूरीका यातायात पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय लिएको हो। सरकारले साउन ७ गतेदेखि लकडाउन हटाए पनि लामो दूरीका यातायात, शैक्षिक संस्था तथा आन्तरिक र बाह्य हवाई उडान खुलाएको थिएन। कोरोना फैलिएपछि खुला गरिएका अन्य व्यवसाय पनि अहिले बन्द भइसकेका छन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












