चीनले भन्योः सीमामा भारतीय सैनिक मारिएका छैनन्
काठमाडाैँ । भारतसँगको सीमा कुनै पनि भारतीय सैनिकको मृत्यु नभएको चीनले दाबी गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले पत्रकार सम्मेलनमा सो कुरा बताएकी हुन् ।
लद्दाखको दक्षिणी प्याङ्गोङको विवादीत क्षेत्रमा चिनियाँ सैनिकसँग भएको झडपमा एक जना भारतीय सैनिक मारिएको मिडिया रिपोर्ट आएको थियो ।
रिपोर्टका अनुसार मारिएका जवान तिब्बती मूलका थिए र स्पेशल फ्रन्टियर फोर्स (एसएफएफ) मा तैनाथ थिए । यसबारे भारतीय सेनाको आधिकारिक बयान भने आएको छैन ।
२९–३० अगस्तको राति चीनका करिब ५ सय सैनिकले एक पहाडमा कब्जा जमाउने प्रयास गर्दा भारतीय सेनासँग झडप भएको मिडिया रिपोर्टमा भनिएको छ ।
तिब्बती संसदका निर्वासित सदस्य नामग्याल डोलकर अघियारीले मंगलबार एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै तिब्बती मूलका एक सैनिक शहीद भएको जानकारी दिए । उनले एक सैनिक घाइते भएको पनि बताए ।
यसअघि गत ५ जुनमा लद्दाखको गलवानमा भारतीय र चिनियाँ सैनिकबीच हिंस्रक झडप भएको थियो । यसमा भारतका २० जना सैनिक मारिएका थिए । चीनतर्फ कति हताहत भए भन्ने अझै खुलेको छैन ।
Paying respect to Officer Coy Ldr Nyima Tenzin of Vikas Regiment of Special Frontier Force, Indian Army who martyred on Aug 30 defending India against intruding Chinese PLA near Pangong Tso, India. He offered 33 yrs of service.#tibetansforindia #indotibetanborder #tibetanarmy pic.twitter.com/1ByKwLPDkx
— Lhagyari Namdol (@Lhagyari_Namdol) September 1, 2020
Comments
अरु समाचार
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...











