मनमाेहन अस्पतालमा मध्यरातमा ग्याङफाइट : विरामी र स्वास्थ्यकर्मीकाे भागाभाग
काठमाडौं । बिहीबार राति स्वयंम्भूस्थित मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्ष तोडफोड भएको छ।
आकस्मिक कक्षमा उपचार गर्दै गरेका डाक्टर नर्स तथा सेक्युरिटी गार्ड कुटिएका छन्। तोडफोड र कुटपिटपछि अहिले अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ। बिहीबार अपरान्ह रानीवन र ढुंगेधाराका युवाबीच भलिबल खेल्ने क्रममा ग्याङ फाइट भएको थियो। त्यस क्रममा घाइते भएका पाँच जना युवालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो। कुट्ने समूहको एकजना युवा पक्राउ परेपछि सोही समूहका अरू ३०/४० जना युवा आएर घाइतेमाथि कुटपिट गरेको अस्पतालले जनाएको छ।
अस्पतालमा आएर आकस्मिक कक्षमै भिडन्त गर्ने र स्वास्थ्यकर्मीमाथि आक्रमण हुने, स्वास्थ्य सामग्रीको तोडफोड गर्ने लगायतको कार्यले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी माथि असुरक्षा बढेको भन्दै आफूहरूले आकस्मिक सेवा बन्द गरेको अस्पतालले जनाएको छ। झडप हुँदा आकस्मिक कक्षमा रहेको इसिजि मेसिन, टिचल फोर्सेव, एम्बु व्याग, टुल लगायतका थुप्रै सामानमा क्षति पुगेको अस्पतालले जनाएको छ। कोरोना महामारी र जारी निषेधाज्ञामा भलिबल खेल खेलाउनु आफैँमा गैरकानुनी काम थियो।
त्यसबाहेक घाइतेको उपचार भएको अस्पतालमै गएर आक्रमण गर्नु झनै गैरकानुनी काम देखिएको छ। महामारीकाबीच आफ्नो ज्यानको मतलब नगरी स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि नै यसरी आक्रमण हुनु निकै दुखद कुरा हो।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











