१२४६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५० हजार नाघ्यो
काठमाडौं । नोभेल कोरोना भाइरसका एक हजार २४६ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २४६ संक्रमित थपिएको जानकारी दिए ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ८१८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३५ हजार ७०० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार १४४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख १० हजार ४८५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार १० जना र होम आइसोलेसनमा ६ हजार ४३८ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ८०६ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर २१ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १६५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, म्याग्दी, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।
आइतबार देशभर ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने सोही अवधिमा ८१४ जना डिस्चार्ज भएका थिए । कोरोना भाइरसको संक्रमणबाट आइतबार ९ जनाको मृत्यु भएको थियो ।
सोमबार देशभर ९७० कोरोना संक्रमित थपिएका छन् भने यही अवधिमा एक हजार ७३६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
मंगलबार ९०२ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने दुई हजार २८७ जना डिस्चार्ज भएका थिए । यही अवधिमा ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।
बुधबार एक हजार ८१ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसैगरी यस अवधिमा ९१८ जना डिस्चार्ज भएका छन् । बुधबार पनि ६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











