‘सरकारले डा. गोविन्द केसीको ज्यान लिने नियत राख्यो’
काठमाडौं । अनसनरत डा गोविन्द केसीको वार्ता टोलीले वार्ता अनिश्चितकालसम्म लम्ब्याएर डा केसीको ज्यानै लिने नियत देखिएको आरोप लगाएको छ ।
राजनीतिक नेतृत्वले गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी गरेको डा. केसीको वार्ता टोली संयोजक जीवन क्षेत्रीले बताएका छन् ।
असोज २२ गते साँझ डा केसीले राखेका मागमा बुँदागत समझदारीको मस्यौदा बने पनि तर असोज २३ गते राज्यको राजनीतिक नेतृत्व पक्षले उक्त समझदारीबाट पछि हटेको क्षेत्रीले आज एक विज्ञप्ती जारी गर्दै उल्लेख गरेका छन् ।
“अनौपचारिक पहलमार्फत डा. केसी केही बुँदामा थप लचिलो समेत हुनुभयो र सरकार पक्षले वार्ता समझदारीमा टुंगिने आश्वासन दियो । तर असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गर्यो । साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो,” विज्ञप्तीमा भनिएको छ ।
डा केसीको स्वास्थ्यमा जोखिम बढेर ज्यानै जान सक्न सम्भावना रहेकाले तत्काल असोज २२ गतेको समझदारीलाई औपचारिकता दिंदै त्यसको कार्यान्व्यन सुनिश्चितताका लागि मन्त्रिपरिषदबाट पारित गर्न सरकारसामू माग गरिएको छ ।
विज्ञप्तीको पूर्ण पाठ :
प्रेस विज्ञप्ति
डा गोविन्द केसीको १९औं सत्याग्रहको आज २७औं दिन भइसकेको छ र डा केसीको स्वास्थ्य असाध्य नाजुक भइसकेको छ । यसबीच नेपाल सरकार र डा केसी तर्फको वार्ता टोलीबीच दुई दिनसम्म वार्ता भइसकेको छ । त्यस क्रममा सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा आयोग, विभिन्न प्रतिष्ठानहरु, मन्त्रालयहरुलगायतका पदधिकारीहरुसित व्यापक छलफल, परामर्श र गृहकार्य गरेको थियो । दुवै पक्षको गम्भीर गृहकार्य र छलफलपछि असोज २२ गते साँझ डा केसीले राख्नुभएका मागहरु सम्बन्धमा बुँदागत समझदारीको मस्यौदा बनेको थियो । तर असोज २३ गते राज्यको राजनीतिक नेतृत्व पक्षले उक्त समmभदारीबाट पछि हट्दै प्रक्रियागत कुरामा मात्र नभई सारभुत विषयमा फरक कुरा समेट्न प्रयास गर्यो । त्यस क्रममा अनौपचारिक पहलमार्फत डा केसी केही बुँदामा थप लचिलो समेत हुनुभयो र सरकार पक्षले वार्ता समझदारीमा टुंगिने आश्वासन दियो । तर असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गर्यो । साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो । यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा केसीको ज्यानै लिने नियत समेत उदांगो भयो ।
त्यसैले डा केसीको स्वास्थ्यमा जोखिम बढेर जटिलता आइ ज्यानै जान सक्न सम्भावना रहेकाले तत्काल असोज २२ गतेका समझदारीलाई औपचारिकता दिंदै त्यसको कार्यान्व्यन सुनिश्चितताका लागि मन्त्री परिषद्बाट पारित गर्न सरकारसामू जोडदार माग गर्दर्छौं । त्यसका लागि दबाब दिन देशभर प्रदर्शनका कार्यक्रम सुचारु गर्न तथा काठमाडौंमा आज मध्यान्ह १२ बजे प्रदर्शनका लागि माइतीघर मण्डलामा उपस्थित हुन सबै नागरिकलाई अपिल गर्दर्छौं ।
साथै सत्याग्रहीको ज्यानै लिने सरकारको हिंस्रक चरित्रविरुद्ध निरन्तर संघर्ष गर्दै नेपालमा लोकतन्त्रको मर्म बचाउन राजनीतिक दलहरुलाई समेत अपिल गर्दर्छौं ।
डा जीवन क्षेत्री, संयोजक
डा गोविन्द केसीको तर्फबाट गठित वार्ता टोली
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












