काठमाडौंमा कोरोना व्यवस्थापन गम्भीर चुनौतीका रुपमा देखापर्यो : प्रवक्ता ज्ञवाली
काठमाडौँ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएकोले व्यवस्थापनमा समस्या पर्न थालेको बताएका हुन् । उनले १० लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लिने कोरोना रोग सामान्य नभएको उल्लेख गर्दै सतर्कता अपनाउन रत्तिभर पनि कमी नगर्न आग्रह गरे ।
‘कोरोना भाइरस खासगरी काठमाडौंमा तीव्र बन्दै गएको छ । बाहिर कतिपय जिल्लाले राम्रोसँग व्यवस्थापन गरिएको देखिए पनि काठमाडौंको व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको छन् । त्यसैले यसलाई कुनै पनि अर्थमा हल्का ढंगले नलिन आग्रह गर्न चाहन्छु,’ प्रवक्ता ज्ञवालीले भने, ‘१० लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लिने यो रोग सामान्य हुँदै होइन । त्यस कारणले यसप्रतिको सतर्कता रत्तिभर पनि कमी गर्न हुँदैन भन्ने आग्रह गर्न चाहन्छु ।’
नेपालकै कतिपय जिल्ला कोरोनाको हटस्पट बन्न लागे पनि नियन्त्रण गरिएको भए पनि काठमाडौं उपत्यकामा कोरोना व्यवस्थापनमा सरकार, जनप्रतिनिधि चुकिरहेको मन्त्री ज्ञवालीले स्वीकार गरे । ‘काठमाडौं देशलाई नमुना दिने दृष्टान्त प्रस्तुत गर्ने राजधानी सहर हो । हरेक राजनीतिक सामाजिक परिवर्तनहरुमा त्यही भूमिका खेलेको छ । तर कता-कता महामारीविरुद्धको लडाइँमा चाहिँ काठमाडौं अलि पछाडि परेको हो कि भन्ने देखिन्छ ।’
उपत्यकाका जनप्रतिनिधि र स्थानीय सरकारहरुले कोरोना नियन्त्रणका सवालमा देशभित्रका ‘बेस्ट प्राक्टिस’हरुबाट पाठ सिक्न जरुरी रहेको उनको भनाइ थियो । ‘बाँकेको नरैनापुर, कपिलवस्तु, वीरगन्ज, उदयपुर हटस्पट बन्न लागे पनि त्यहाँका जनप्रतिनिधहरु र जिल्ला कोभिड व्यवस्थापन समितिका सक्रियताका कारण कोरोना नियन्त्रणमा लिएको छ । त्यहाँका असल अभ्यासहलाई पनि काठमाडौंमा लागू गर्न जरुरी छ ।’
४० लाखभन्दा बढी जनसंख्या भएको काठमाडौंमा कोरोना अनियन्त्रित भयो भने भयावह स्थिति हुने भन्दै उनले अस्पतालहरुमा बेड, आईसीयू अभाव हुन थालेको उल्लेख गरे । दैनिक देखिने संक्रमितमध्ये ६० प्रतिशत राजधानीका रहेको र त्यसविरुद्धको उपचारका लागि सरकारले सामर्थ्य बढाइरहे पनि पर्याप्त नभएको उनको भनाइ दियो । सरकारले भेन्टिलेटर, आईसीयूको थप प्रबन्ध गरिरहे पनि संक्रमण रोक्नका लागि नागरिकहरुको सचेतता एकदमै जरुरी उनले बताए ।
प्रवक्ता ज्ञवालीले विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य मापदण्डअनुसार साबुन पानीले हात धुने, मास्क अनिवार्य लगाउने, स्यानीटाइजर प्रयोग गर्नेजस्ता काम कम हुनु र सभा, सम्मेलन र जमघट बढेकोले काठमाडौंमा कोरोना संक्रमण बढ्दै गएको बताए । दसैं, तिहार र छठजस्ता चाडपर्वहरुमा भिडभाड हुने र संक्रमण झन् बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह गरे । जेष्ठ नागरिकहरुको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सानो लापरबाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गरे ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











