काठमाडौंमा कोरोना व्यवस्थापन गम्भीर चुनौतीका रुपमा देखापर्यो : प्रवक्ता ज्ञवाली
काठमाडौँ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएकोले व्यवस्थापनमा समस्या पर्न थालेको बताएका हुन् । उनले १० लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लिने कोरोना रोग सामान्य नभएको उल्लेख गर्दै सतर्कता अपनाउन रत्तिभर पनि कमी नगर्न आग्रह गरे ।
‘कोरोना भाइरस खासगरी काठमाडौंमा तीव्र बन्दै गएको छ । बाहिर कतिपय जिल्लाले राम्रोसँग व्यवस्थापन गरिएको देखिए पनि काठमाडौंको व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको छन् । त्यसैले यसलाई कुनै पनि अर्थमा हल्का ढंगले नलिन आग्रह गर्न चाहन्छु,’ प्रवक्ता ज्ञवालीले भने, ‘१० लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लिने यो रोग सामान्य हुँदै होइन । त्यस कारणले यसप्रतिको सतर्कता रत्तिभर पनि कमी गर्न हुँदैन भन्ने आग्रह गर्न चाहन्छु ।’
नेपालकै कतिपय जिल्ला कोरोनाको हटस्पट बन्न लागे पनि नियन्त्रण गरिएको भए पनि काठमाडौं उपत्यकामा कोरोना व्यवस्थापनमा सरकार, जनप्रतिनिधि चुकिरहेको मन्त्री ज्ञवालीले स्वीकार गरे । ‘काठमाडौं देशलाई नमुना दिने दृष्टान्त प्रस्तुत गर्ने राजधानी सहर हो । हरेक राजनीतिक सामाजिक परिवर्तनहरुमा त्यही भूमिका खेलेको छ । तर कता-कता महामारीविरुद्धको लडाइँमा चाहिँ काठमाडौं अलि पछाडि परेको हो कि भन्ने देखिन्छ ।’
उपत्यकाका जनप्रतिनिधि र स्थानीय सरकारहरुले कोरोना नियन्त्रणका सवालमा देशभित्रका ‘बेस्ट प्राक्टिस’हरुबाट पाठ सिक्न जरुरी रहेको उनको भनाइ थियो । ‘बाँकेको नरैनापुर, कपिलवस्तु, वीरगन्ज, उदयपुर हटस्पट बन्न लागे पनि त्यहाँका जनप्रतिनिधहरु र जिल्ला कोभिड व्यवस्थापन समितिका सक्रियताका कारण कोरोना नियन्त्रणमा लिएको छ । त्यहाँका असल अभ्यासहलाई पनि काठमाडौंमा लागू गर्न जरुरी छ ।’
४० लाखभन्दा बढी जनसंख्या भएको काठमाडौंमा कोरोना अनियन्त्रित भयो भने भयावह स्थिति हुने भन्दै उनले अस्पतालहरुमा बेड, आईसीयू अभाव हुन थालेको उल्लेख गरे । दैनिक देखिने संक्रमितमध्ये ६० प्रतिशत राजधानीका रहेको र त्यसविरुद्धको उपचारका लागि सरकारले सामर्थ्य बढाइरहे पनि पर्याप्त नभएको उनको भनाइ दियो । सरकारले भेन्टिलेटर, आईसीयूको थप प्रबन्ध गरिरहे पनि संक्रमण रोक्नका लागि नागरिकहरुको सचेतता एकदमै जरुरी उनले बताए ।
प्रवक्ता ज्ञवालीले विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य मापदण्डअनुसार साबुन पानीले हात धुने, मास्क अनिवार्य लगाउने, स्यानीटाइजर प्रयोग गर्नेजस्ता काम कम हुनु र सभा, सम्मेलन र जमघट बढेकोले काठमाडौंमा कोरोना संक्रमण बढ्दै गएको बताए । दसैं, तिहार र छठजस्ता चाडपर्वहरुमा भिडभाड हुने र संक्रमण झन् बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह गरे । जेष्ठ नागरिकहरुको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सानो लापरबाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गरे ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












