पीसीआर परीक्षणको शुल्क अब एक हजारभन्दा बढी लिन नपाउने
काठमाडौं। कोराेना भाइरसको लागि पीसीआर परीक्षण शुल्क एक हजार रुपैयाँभन्दा बढी लिन नपाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने जनाएको हो।
असोज १५ गते मन्त्रीस्तरीय निर्णयबाट यसअघि दुई हजारभन्दा बढाउन नपाउने शुल्क घटाएर एक हजार रुपैयाँमा झारिएको हो। उक्त शुल्क समायनुकूल परिमार्जन हुँदै जाने मन्त्रालयले जनाएकाे छ।
यसअघि सुरुमा पाँच हजार ५०० रुपैयाँ शुल्क तोकिएको थियो। त्यसपछि घटाएर चार हजार ४०० रुपैयाँभन्दा बढी लिन नपाउनेगरी शुल्क तोकिएको थियो। त्यसपछि भने शुल्क घटाएर दुई हजार रुपैयाँभन्दा बढी लिन नपाउने जनाइएको थियो। अहिले दुई हजारबाट पनि आधा घटाएर शुल्क तोकिएको हो।
अन्तर्राष्ट्रिय बजारमा रिएजेन्ट तथा अन्य स्वास्थ्य सामग्रीको मूल्य कम भएकाले शुल्क घटाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोभिड-१९ परीक्षणका लागि एफडीए किट ईयूए मान्यता प्राप्त किटहरू र स्वास्थ्य सेवा विभागबाट स्वीकृति भएका किटहरूमा प्रयोग गर्न पाइने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति पाएका प्रयोगशालाले मात्र एन्टीजेनबेस टेष्ट गर्न पाउनेछन्।
बायोसेफ्टी प्रोटोकल नमूना संकलन परीक्षण विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेअनुसार मात्र हुने उनको भनाइ छ। रिएजेन्ट नतिजा पोजिटिभ आएको रिपोर्ट काठमाडौंको हकमा इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने प्रवक्ता डा. गौतमले बताए।
नेगेटिभ रिपोर्ट आएको खण्डमा भने सम्बन्धित व्यक्तिलाई मात्र जानकारी गराउनु पर्नेछ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












