‘लङ कोभिड’यी चार ‘सिन्ड्रोम’का कारण भइरहेको छ
बीबीसी । ‘लङ कोभिड’ भनेको कोरोना भाइरसबाट संक्रमित भइसकेपछि त्यसको असर लामो समयसम्म रहिरहनु हो जुन समस्या पछिल्लो समय धेरै बिरामीमा बढ्दो रुपमा देखा परिरहेको छ । त्यस्ता धेरै मानिसहरुमा कोरोना ठीक भइसकेपछि पनि लक्षण पूर्ण रुपमा हराइसकेको हुँदैन र उनीहरु उपचार नगराइ बस्नुपरिरहेको छ भने धेरैले उनीहरुको कुरामा विश्वास नगर्ने पनि गरेका छन् ।
त्यसैले पनि लङ कोभिडका बिरामीहरुमा यसबाट धेरै ठूलो मानसिक असर पर्न सक्ने बेलायतको नेस्नल इन्सटिटिउट फर हेल्थ रिसर्चको रिपोर्टमा जनाइएको छ । रिसर्चका अनुसार उनीहरुलाई ठूलो स्तरमा समर्थन अनि स्वास्थ्यसेवा र कोभिड सम्बन्धी उचित जानकारीको आवश्यक छ ।
अधिकांश मानिसहरुलाई कोरोना भाइरसबाट संक्रमित हुँदा सामान्य लक्षण देखा परेमा दुई हप्ता र गम्भीर बिरामी भएमा ती हप्तासम्ममा ठीक हुन सकिने भनिएको हुन्छ । तर यो नयाँ रिपोर्टका अनुसार अहिले हजारौँका सङ्ख्यामा बिरामीहरु रिपोर्ट नेगेटिभ आइसकेपनि कोभिडका लक्षणबाट छुटकारा पाउन सकेका छैनन् । र
संक्रमितको दर बढ्दै जाँदा आगामी दिनहरुमा त्यस्ता बिरामीको सङ्ख्या झन बढ्नेछ ।
फेसबुकमा रहेको लङ कोभिड सपोर्ट ग्रुपका १४ सदस्यसँग लिइएको अन्र्तवार्तामा संक्रमणमुक्त भइसकेपछि पनि लक्षणहरु दोहोरिरहँदा त्यसले स्वासप्रस्वास देखि मस्तिष्क, मुटु र ह्दय प्रणाली, मृगौला, कलेजो अनि छाला लगायत शरीरका सबै प्रमुख अङ्गहरुमा प्रभाव पार्ने गरेको पत्ता लागेको हो । हलसम्मका अध्ययन अनुसन्धान हेर्दा त्यस्ता लक्षणहरु यी चार किसिमका सिन्ड्रोमका कारण भइरहेको हुन सक्ने बताइएको छः
१) फोक्सो या मुटुमा स्थायी क्षति पुगेकाले
२) लामो समय इन्टेन्सिभ केयरको सहायतामा बसेकाले , जसलाई ‘पोस्ट–इन्टेन्सिभ केयर सिन्ड्रोम’ पनि भनिन्छ ।
३) भाइरल संक्रमणसँग शरीरले लामो समय लड्नुपर्दा या आक्रामक प्रतिक्रिया जनाउनुपर्दा त्यसका कारण उत्पन्न थकान जसलाई ‘पोस्ट–भाइरल फ्याटिग सिन्ड्रोम’ भनिन्छ ।
४) कोभिड–१९ कै लक्षण जारी रहिरहनु
कोरोनाबाट प्रभावित केही जटिल बिरामीहरुले लामो समय अस्पतालमा बिताउनुपर्ने हुन्छ । तर धेरै केसमा के पनि देख्न सकिन्छ भने सामान्य लक्षण देखा परेका व्यक्तिहरु परीक्षण गराउन या उपचार गराउन जाने गर्दैनन् । रिपोर्टले भनेको छ, “यसबाट के स्पष्ट हुन्छ भने कतिपय मानिसहरुमा कोभिड–१९ को संक्रमण सजिलै नहट्ने र लामो समयसम्म रहिरहने रोग बन्दै गएको छ । उनीहरुले लक्षण देखा परेपछि अस्पतालमा उपचार नगराइ घरैमा बसेर परास्त गर्ने प्रयास गरेका हुन्छन् तर त्यही सुरुवाती संक्रमणबाट विकसित लक्षणले तिनको स्वास्थ्यमा जीवनभरका लागि परिवर्तन ल्याइरहेको छ । त्यसबेलाको लक्षण कम हुँदै जानुको सट्टा उल्टै झन गम्भीर बन्दै गएको पाइएको छ ।”
रिसर्चकी प्रमुख डाक्टर एलेन म्याक्सवेलका अनुसार प्रायः स्वास्थ्यविद्हरुले पनि कोभिडबाट गम्भीर बिरामी परेकाहरु सबैभन्दा बढी प्रभावित हुन्छन् र मृत्युको कम जोखिममा रहेकाहरुमा लामो समय यसको असर नरहने विश्वास गरेका थिए तर यो रिर्पोटले सबैलाई आश्चर्यमा पारेको छ । उनले भनेकी छन्, “अहिले हामीले त्यस्ता बिरामी पनि देखिरहेका छौँ जसलाई कोभिड भएको कुनै रेकर्ड छैन तर उनीहरु हप्तौँ भेन्टिलेटरको साहारामा गुजारेका संक्रमितहरु भन्दा बढी पीडामा छन् ।”
जस्तै युनिभर्सिटी अफ ब्रिस्तोलकी लेक्चरर जो हाउस, संक्रमित भएको ६ महिना बितिसक्दा पनि काममा फर्कन सकेकी छैनन् । पहिले नराम्रो खोकी र स्वासप्रस्वासमा कठिनाइबाट सुरु भएको लक्षण अहिले अनियन्त्रित थकान र टाउको दुख्नेसम्म पुगेको छ भने त्यसपछि अवस्था झन खराब हुँदा मुटुमा पनि समस्या देखा पर्यो र मांसपेशीहरु दुख्ने हुन थाल्यो । उनी भन्छिन्, “अघिल्लो दिन म केही गर्न भनेर एकछिन मात्र बाहिर उभिएको के थिएँ , रिँगाटा लागेर ढलेछु र ब्युझिँदा आफूलाई अस्पतालको इमरजेन्सीमा पाएँ । ” मुटुको गति बढ्ने र स्वास प्रस्वासमा कठिनाइ हुने समस्यामा थोरै सुधार आइरहेपनि अहिलेसम्म देखा परिरहेका यस्ता लक्षणले उनको दैनिकीमा ठूलो प्रभाव पारेको छ भने पारिवारिक जीवनमा पनि असर पुगेको उनी बताउँछिन् ।
उनका पार्टनरले पनि अहिले त्यस्तै किसिमका जाँदै नजाने लक्षणहरु अनुभव गरिरहेका छन् । जसपछि किशोर छोराहरुले पकाउने लगायत घरका सबै काम गर्नुपरिरहेको उनले बताइन् । उनी भन्छिन्, “धेरैले यसलाई सामान्य लक्षण मान्ने गर्दछन् तर वास्तवमा यसले असह्य शारीरिक पीडा दिइरहेको छ । हामीलाई अहिले सपोर्टको आवश्यकता छ । ”
यसरी यो रिपोर्टले लङ कोभिडका बिरामीका लागि क्लिनिकहरु स्थापित गर्न जरुरी रहेकामा ध्यान केन्द्रित गराएको छ । विशेषगरी यसले मानसिक स्वास्थ्य सम्बन्धी समस्या र तनाव गराउन सक्नेबारे रिपोर्टले चेतावनी दिएको हो । डाक्टर म्याक्सवेल भन्छिन्, “हाम्रो रिसर्च मार्फत स्वास्थ्यविद्हरुले बिरामीका अनुभवहरु अझ राम्ररी बुझ्नेछन् र उनीहरुलाई उचित उपचारको पहुँच प्रदान गर्नेछन् भन्ने अपेक्षा रहेको छ । ”
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












