पर्यटनमन्त्री भट्टराईले आफ्नो खर्चमा १६ सय नागरिकको गराइदिए कोरोना बिमा
काठमाडाै । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले कोरोना बीमा बापत प्राप्त रकम र आफ्नो पारिश्रमिकबाट ताप्लेजुङका एक हजार पाँच सय ७६ जनाको कोरोना बीमा गरिदिएका छन्।
मन्त्री भट्टराईको स्वकीय सचिवालयले बुधबार एक बिज्ञप्तीमार्फत उक्त जानकारी दिएको हो। मन्त्री भट्टराईका प्रमुख स्वकीय सचिव प्रेम गुरागाँइका अनुसार कोरोना बीमा बापत मन्त्री भट्टराईले प्राप्त गरेको एक लाख रुपैयाँ रकमबाट ताप्लेजुङ जिल्लाका तीन सय जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरहरुको कोरोना बीमा गरिएको छ। मन्त्री भट्टराई गत असोज ८ गते कोरोना संक्रमित भइ त्यसको करिव १० दिनपछि कोरोना संक्रमण मुक्त भएका हुन्।
कोरोना बीमा बापत उनले बीमा कम्पनीबाट एक लाख रुपैयाँ पाएका थिए। स्वकीय सचिव गुरागाँइका अनुसार मन्त्री भट्टराइले यसअघि नै ताप्लेजुङ स्थायी ठेगाना भएका एक हजार दुई सय ७६ जनाको कोरोना बीमा गरिदिएका थिए।
मन्त्री भट्टराइकै करिव ८० प्रतिशत आर्थिक सहयोगमा प्रेस संगठन नेपालले ताप्लेजुङका ५० भन्दा बढी सञ्चारकर्मीको कोरोना बीमा गरिदिएको छ। मन्त्री भट्टराई २०७४ सालमा ताप्लेजुङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












