त्रिविको दीक्षान्त समारोहमा ८३ जना मात्र सहभागी हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहमा सहभागी हुन फारम भरेकाहरुले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुन नपाउने भएका छन् ।
त्रिविले पीएचडी, एमफिल उतीर्ण र पदक पाउने विद्यार्थीको मात्र सहभागितामा दीक्षान्त समारोह गर्ने भएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्षको दीक्षान्त समारोहमा ८३ जना विद्यार्थी मात्र सहभागी हुने बताए ।
त्रिविले पुस ६ गते बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय हातामा नै दीक्षान्त समारोह गर्नेछ । दीक्षान्त समारोहको प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. रामवरण यादव रहनेछन् ।
‘पीएचडी, एमफिल र गोल्डमेडलिस्टले मात्र सहभागी हुन पाउँछन्’ परीक्षा नियन्त्रक जोशीले भने । दीक्षान्त समारोहमा सहभागी हुन फारम भर्ने अरु विद्यार्थीले भने प्रमाणपत्रको बाहेक अन्य शुल्क फिर्ता पाउने जोशीले बताए ।
कोरोना भाइरसको महामारीका कारण धेरै मानिस सहभागी गराएर कार्यक्रम गर्न नमिल्ने हुनाले फारम भरिसकेका विद्यार्थीलाई पनि सहभागी गराउन नसकिएको त्रिविको भनाइ छ ।
यस वर्ष दीक्षान्त समारोहमा सहभागी हुन ७०८७ जनाले फारम भरेका थिए । तर पीएचडी उपाधि हासिल गरेका ४१, एमफिल उपाधि हासिल गरेका २५ र अरु पदक तथा पुरस्कार पाउनेको संख्या जोड्दा नै ३१६ पुग्छ । तीमध्ये ८घ जनालाई मात्र दीक्षान्त समारोहको औपचारिक कायक्रममा बोलाइएको हो ।
त्रिविले दीक्षान्त समारोहमा सहभागी हुन चाहनेले अनलाइन माध्यमबाट फारम भर्ने व्यवस्था मिलाएको थियो ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












