त्रिविको दीक्षान्त समारोहमा ८३ जना मात्र सहभागी हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहमा सहभागी हुन फारम भरेकाहरुले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुन नपाउने भएका छन् ।
त्रिविले पीएचडी, एमफिल उतीर्ण र पदक पाउने विद्यार्थीको मात्र सहभागितामा दीक्षान्त समारोह गर्ने भएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्षको दीक्षान्त समारोहमा ८३ जना विद्यार्थी मात्र सहभागी हुने बताए ।
त्रिविले पुस ६ गते बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय हातामा नै दीक्षान्त समारोह गर्नेछ । दीक्षान्त समारोहको प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. रामवरण यादव रहनेछन् ।
‘पीएचडी, एमफिल र गोल्डमेडलिस्टले मात्र सहभागी हुन पाउँछन्’ परीक्षा नियन्त्रक जोशीले भने । दीक्षान्त समारोहमा सहभागी हुन फारम भर्ने अरु विद्यार्थीले भने प्रमाणपत्रको बाहेक अन्य शुल्क फिर्ता पाउने जोशीले बताए ।
कोरोना भाइरसको महामारीका कारण धेरै मानिस सहभागी गराएर कार्यक्रम गर्न नमिल्ने हुनाले फारम भरिसकेका विद्यार्थीलाई पनि सहभागी गराउन नसकिएको त्रिविको भनाइ छ ।
यस वर्ष दीक्षान्त समारोहमा सहभागी हुन ७०८७ जनाले फारम भरेका थिए । तर पीएचडी उपाधि हासिल गरेका ४१, एमफिल उपाधि हासिल गरेका २५ र अरु पदक तथा पुरस्कार पाउनेको संख्या जोड्दा नै ३१६ पुग्छ । तीमध्ये ८घ जनालाई मात्र दीक्षान्त समारोहको औपचारिक कायक्रममा बोलाइएको हो ।
त्रिविले दीक्षान्त समारोहमा सहभागी हुन चाहनेले अनलाइन माध्यमबाट फारम भर्ने व्यवस्था मिलाएको थियो ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...












