एभरेष्टले दियो एसईईमा सर्वोत्कृष्ट विद्यार्थीलाई ल्याप्टप पुरस्कार
काठमाडाैँ । एभरेष्ट माध्यमिक विद्यालय बिराटनगरले आफ्नो विद्यालयले एसईई परीक्षामा सर्वोकृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई एक कार्यक्रम आयोजना गरि सम्मान गरेको छ ।
२०७६ सालको एसईई परीक्षा मा ४ जी पी.ए. अंकभार ल्याएर उत्तिर्ण भएका विद्यार्थीलाई विद्यालयले सम्मान तथा पुरस्कृत गरेको हो ।
बिराटनगर–४ का आशिष कर्णलाई डेल को आई.थ्री. ल्याप्टप पुरस्कारको रुपमा एभरेष्टले प्रदान गरेको थियो । विद्यालयका प्राचार्यले उक्त पुरस्कार आशिष कर्ण र बुबा अनुजलाल कर्णलाई हस्तान्तरण गर्नु भएको हो । कक्षा १२ सम्मको शिक्षामा प्रदेश १ मा सर्वोकृष्ट एभरेष्टले आफ्ना शैक्षिक गतिविधिलाई यस कोरोनाको महामारीको समयमा पति प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको छ । अनलाईन कक्षामा एभरेष्टले आफ्ना विद्यार्थीलाई सहभागी गराउँदै अध्ययनअध्यापनलाई निरन्तरता दिन सफल भएको थियो ।
गत पुष २ गतेदेखि सावधानी सहित प्रभावकारी भौतिक रुपमै विद्यार्थीलाई उपस्थिति गराएर कक्षा सञ्चालन गर्दै आएको छ प्राचार्य टीकाराम पुरीले बताउननुभयो । एभरेष्टमा अन्तराष्ट्रियस्तरको भौतिक र शैक्षिक वातावरण रहेको पुरस्कृत विद्यार्थीका अभिभावक अनुजलाल कर्णले बताउनुभयो । उहाँले आफ्ना छोरालाई एभरेष्टमा भर्र्ना गरेसँगै अनुशासन, व्यक्तित्व विकास र अध्ययनमा अब्बल हुन सफल भएको बताउनु भएको थियो ।
माध्यमिक शिक्षासँगै एभरेष्टले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बीबीएस शैक्षिक कार्यक्रम समेत यसवर्षदेखि अध्यापन गराउने भएको छ । प्राचार्य पुरीका अनुसार विद्यार्थीलाई अध्ययनको वातावरण विद्यालयमा तयार गर्दै उच्च शिक्षाका कक्षाहरु सञ्चालन गर्ने भावी लक्ष्य राखिएको बताउनुभयो । आगामी वर्षदेखि कक्षा ११ मा सर्वोकृष्ट नतिजा ल्याउने १ जनालाई एकलाख नगद पुरस्कार प्रदान गर्ने घोषणा समेत गरिएको छ ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












