एभरेष्टले दियो एसईईमा सर्वोत्कृष्ट विद्यार्थीलाई ल्याप्टप पुरस्कार
काठमाडाैँ । एभरेष्ट माध्यमिक विद्यालय बिराटनगरले आफ्नो विद्यालयले एसईई परीक्षामा सर्वोकृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई एक कार्यक्रम आयोजना गरि सम्मान गरेको छ ।
२०७६ सालको एसईई परीक्षा मा ४ जी पी.ए. अंकभार ल्याएर उत्तिर्ण भएका विद्यार्थीलाई विद्यालयले सम्मान तथा पुरस्कृत गरेको हो ।
बिराटनगर–४ का आशिष कर्णलाई डेल को आई.थ्री. ल्याप्टप पुरस्कारको रुपमा एभरेष्टले प्रदान गरेको थियो । विद्यालयका प्राचार्यले उक्त पुरस्कार आशिष कर्ण र बुबा अनुजलाल कर्णलाई हस्तान्तरण गर्नु भएको हो । कक्षा १२ सम्मको शिक्षामा प्रदेश १ मा सर्वोकृष्ट एभरेष्टले आफ्ना शैक्षिक गतिविधिलाई यस कोरोनाको महामारीको समयमा पति प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको छ । अनलाईन कक्षामा एभरेष्टले आफ्ना विद्यार्थीलाई सहभागी गराउँदै अध्ययनअध्यापनलाई निरन्तरता दिन सफल भएको थियो ।
गत पुष २ गतेदेखि सावधानी सहित प्रभावकारी भौतिक रुपमै विद्यार्थीलाई उपस्थिति गराएर कक्षा सञ्चालन गर्दै आएको छ प्राचार्य टीकाराम पुरीले बताउननुभयो । एभरेष्टमा अन्तराष्ट्रियस्तरको भौतिक र शैक्षिक वातावरण रहेको पुरस्कृत विद्यार्थीका अभिभावक अनुजलाल कर्णले बताउनुभयो । उहाँले आफ्ना छोरालाई एभरेष्टमा भर्र्ना गरेसँगै अनुशासन, व्यक्तित्व विकास र अध्ययनमा अब्बल हुन सफल भएको बताउनु भएको थियो ।
माध्यमिक शिक्षासँगै एभरेष्टले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बीबीएस शैक्षिक कार्यक्रम समेत यसवर्षदेखि अध्यापन गराउने भएको छ । प्राचार्य पुरीका अनुसार विद्यार्थीलाई अध्ययनको वातावरण विद्यालयमा तयार गर्दै उच्च शिक्षाका कक्षाहरु सञ्चालन गर्ने भावी लक्ष्य राखिएको बताउनुभयो । आगामी वर्षदेखि कक्षा ११ मा सर्वोकृष्ट नतिजा ल्याउने १ जनालाई एकलाख नगद पुरस्कार प्रदान गर्ने घोषणा समेत गरिएको छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...












