उपत्यकामा फेरि घरभित्रै मृत भेटिए दम्पती
काठमाडाैँ । उपत्यकामा फेरि एक दम्पती घरभित्रै मृत भेटिएका छन्।
ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल सोमबार मृत भेटिएका हुन्।
महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख (एसएसपी) किरण बज्राचार्यले दम्पती मृत भेटिएको र अहिले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताइन्।
उनले कोठाभित्र स्लफर नामको विषादीको बट्टासमेत फेला परेका कारण आत्महत्या गरेका हुनसक्ने भन्दै अनुसन्धान सोही दिशामा केन्द्रित गरेको बताइन्।
‘मृतक दम्पतीसँगै कोठामा स्लफर नामक विषादीको बट्टासमेत फेला परेको छ, अहिले अनुसन्धान यही दिशामा केन्द्रित छ’, एसएसपी बर्जाचार्यले भनिन्, ‘पोस्टमार्टमको रिपोट आएपछि मात्रै के हो भन्न सकिन्छ।’
गतवर्ष फागुनमा विवाह गरेका सागर र निर्मलाको शव बन्द कोठाभित्र भेटिएको हो। पोखरेल भेटेनरी सामानका सप्लायरको काम गर्दै आएको प्रहरीले जनाएको छ।
उनीहरुसँग बाबआमा पनि बस्दै आएको थिए। शुक्रबार उनीहरुका बाबाआमा आफ्न्तकोमा गएको मौका पारेर आइतबार राति विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।
केही दिनअघि काठमाडौँको टोखामा पनि दम्पती घरभित्रै मृत भेटिएका थिए। उक्त घटनामा पत्नी सुदीक्षा गिरीले नै पति उमेश केसीको हत्या गरेर आत्महत्या गरेको प्रहरी अनुसन्धान बाट खुलेको थियो।
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












