नेपालमा आजदेखि दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान सुरु
काठमाडौं । नेपालमा आजदेखि दोस्रो चरणको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियान सुरु भएको छ।
दोस्रो चरणको खोप अभियानमा दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारहरु, बैंकका कर्मचारी, मालपोत, नापी कार्यालय, स्थानीय निकायहरू, खानेपानी, विद्युत कार्यालय, दूरसञ्चारसँग सम्बन्धित कार्यालयका कर्मचारीलाई लक्षित गरेर लगाइँदै छ। यो अभियान एक हप्तामा सकिनेछ। जसमा तीन लाख जनालाई खोप दिइने लक्ष्य रहेको बताइएको छ ।
काठमाडौंमा सिभिल, शिक्षण, सहिद गंगालाल र ललितपुरको पाटन अस्पतालबाट दोस्रो चरणको खोप सेवा सुरु भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । राजधानीको सिभिल अस्पतालमा पत्रकारलाई र पाटन अस्पतालमा संयुक्त राष्ट्रसंघ अन्तरर्गतका एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
यस्तै शिक्षण अस्पताल महारागन्ज र बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइने व्यवस्था मिलाइको छ।
अक्सफोर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीले विकास गरेको अनि भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको दश लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि माघ १४ गतेदेखि नेपालमा सुरु भएको खोप अभियान सोमबारदेखि दोस्रो चरणमा प्रवेश गरेको हो।
एघार दिनसम्ममा देशभरिका करिब दुई सय केन्द्रहरूबाट एक लाख ८४ हजार जनाले पहिलो मात्राको खोप लगाएपछि पहिलो चरणको अभियान शनिबार सम्पन्न भइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पहिलो चरणको खोप अभियानमा ७७ जिल्लामा एक लाख ८४ हजार ८५७ जनाले खोप लगाएका छन् । जसमध्ये प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३६, बागमतीमा ६३ हजार ३०८, गण्डकीमा १८ हजार ३७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिममा १४ हजार ८५५ जनाले खोप लगाएका छन् ।
नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप तथा भारतको औषधि उत्पादक कम्पनीले उत्पादन गरेको खोप प्रयोग गर्न थालिएको हो । पहिलो चरणमा भारतले १० लाख डोज उपहारस्वरुप दिएको खोप नेपालमा लगाइएको हो ।
Comments
अरु समाचार
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











