आज नेता वाग्लेको श्रद्धाञ्जली सभा, प्रचण्ड-नेपालले सम्बोधन गर्ने
काठमाडाैँ । नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको श्रद्धाञ्जली सभामा सहभागी हुन अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल आज सर्लाही आउँदै छन्।
बिहीबार दिउँसो १२ बजे नेकपा जिल्ला कमिटी सर्लाहीले हरिपुर- १ हजारविघामा नेता वाग्लेको श्रद्धाञ्जली सभा गर्न लागेको हो। नेता वाग्लेको घर नजिकै अवस्थित रामऔतार रामलखिया माविमा श्रद्धाञ्जली सभाको तयारी गरिएको नेकपाले जनाएको छ।
श्रद्धाञ्जली सभामा सहभागी हुन अध्यक्ष नेपाल हिजै रौतहट आइसकेका छन्। अध्यक्ष प्रचण्ड र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भने बिहान ११ बजे सर्लाही आइपुग्ने पार्टीका केन्द्रीय सदस्य अच्युतम काफ्लेले जानकारी दिए।
सभामा अध्यक्षद्वय प्रचण्ड र नेपालसँगै प्रवक्ता श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु गिरीराजमणी पोखरेल, लीलामणी पोखरेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
गएको माघ २१ गते राति सर्लाहीको बरहथवा ९ मुर्तिया जंगलमा नेता वाग्लेको शव फेला परेको थियो। मोटरसाइकल दुर्घटनामा वाग्लेको मृत्यु भएको दावी प्रहरीले गर्दै आएको छ। तर, वाग्लेका परिवारका सदस्य र आन्दोलनरत नेकपाले भने वाग्लेको मृत्युलाई सन्देहपूर्ण भन्दै आएको छ।
दुर्घटनाको आवरणमा वाग्लेको हत्या भएको आशंकासहित नेकपाले नेता प्रल्हाद बुढाथोकीको संयोजकत्वमा छानविन समितिसमेत गठन गरेको छ।
छानविन समितिका संयोजक बुढाथोकी पनि हाल सर्लाहीमै छन्। नेता वाग्लेको सन्देहपूर्ण मृत्युको छानविन सुरु भइसकेको बुढाथोकीले बताए।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











