कोरोनाको जोखिम फेरि बढेको सरकारको ठहर : गृहले पठायो देशभर यस्तो सर्कुलर
काठमाडाैँ । कोरोना भाइरसको संक्रमणको जोखिम फेरि बढेको भन्दै थप कडाइ गर्न गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको सूचनापछि गृहले सबै जिल्ला प्रशासनलाई थप तयारी थाल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए।
‘स्वास्थ्य मन्त्रालयको जानकारीपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा आवश्यक तयारी गर्न, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन दिइसकेका छौं’, प्रवक्ता बुढाले भने।
गृह मन्त्रालयले भारतीय सीमानाकामा थप कडाइ गर्न भनेको छ। यस्तै क्वारेन्टिन र आइसोलेसन सेन्टरहरु पनि पुनः तयारी अवस्थामा राख्न भनिएको छ।
स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै भारतका विभिन्न प्रान्तमा कोरानाको संक्रमण बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने भएकाले थप सतर्कता अपनाउन आग्रह गरेको थियो।
भारतीय सीमानाबाट नेपाल भित्रिनेको अनिवार्य तथ्यांक राख्न र ज्वरो नापेर शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ।
‘भीडभाड नगर्नू/नगराउनू, मास्क सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाउनू र नलाउनेलाई कारबाही गर्नु भनिएको छ’, प्रवक्ता बुढाले भने, ‘सीमानाबाट भित्रिनेको अनिवार्य तथ्यांक राख्न, स्वास्थ्य जाँच गराउने, शंकास्पद देखिए क्वारेन्टिनमा राख्ने, जिल्लाका क्वारेन्टिन तथा आइसोलेसन सेन्टर पुनः एक्टिभ बनाउन र सचेतनाका कार्यक्रम गर्न भनेका छौं।’
गृहको सर्कुलरसँगै केही जिल्लाले सूचना जारी गरेर पुनः कडाइ गर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सूचना जारी गर्दै जिल्लामा पुनः कडाइ गर्ने जानकारी गराइसकेको छ।
‘नेपालमा समेत पुनः कोरोना संक्रमणको जोखिम बढ्न सक्ने देखिएको हुँदा सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठि, सेमिनार, बैठक एवं भीडभाड नगर्नू’, मकवानपुर जिल्ला प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।
नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमणको दर थपिएको छ। केही दिनदेखि एक सयभन्दा कम दैनिक संक्रमण पुष्टि भएकोमा सोमबार १५० जनामा संक्रमण पुष्टि भएको थियो।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












