शैक्षिक सुधारको माग गर्दै अनेरास्ववियूले उपकुलपतिलाई बुझायो १८ बुँदे ज्ञापनपत्र
काठमाडाैं । माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालयको शैक्षिक सुधारको माग गर्दै उपकुलपतिलाई १८ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष तथा शिक्षा विभाग प्रमुख तिलकराज भण्डारीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको ठोस र मूर्त कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्नुपर्ने, राजनीतिक भागवण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्ने प्रणाली खारेज गर्नुपर्नेलगायतका मागसहित ज्ञापनपत्र बुझाएको बताए ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा निजी ढंगले सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रमको दायित्व विश्वविद्यालयले लिने व्यवस्था, विश्वविद्यालयका सबै क्याम्पसमा पढ्ने बेरोजगार विद्यार्थीका लागि हप्ताको कम्तिमा २० घण्टा रोजगारीको ग्यारेण्टी, कोभिड- १९ र लकडाउनको समयावधिको सम्पूर्ण शुल्क मिनाहा, स्वास्थ्य बीमाको व्यावहारिक कार्यान्वयन गर्दै एउटा शैक्षिक कार्यक्रममा एकपटक मात्र बीमा शुल्क लिने व्यवस्था गर्नुपर्ने माग अनेरास्ववियू क्रान्तिकारीले गरेको छ ।
त्यस्तै, सेमेस्टर प्रणालीलाई प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जन, शुल्कमा एकरूपता वैज्ञानिक परीक्षा प्रणाली, समयमा नतिजा प्रकाशनको सुनिश्चितता हुनेगरी शैक्षिक क्यालेण्डर व्यवस्थित, आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा सञ्चालित शैक्षिक कार्यक्रमको शुल्कमा एकरूपता कायमका साथै प्रत्येक वर्ष शुल्कवृद्धि हुने प्रणाली खारेज गर्नुपर्ने माग पनि अनेरास्ववियू क्रान्तिकारी राखेको छ । अनेरास्ववियू क्रान्तिकारीले ज्ञापनपत्रमार्फत विश्वविद्यालय र विद्यार्थी संगठनबीच विगतमा भएका सहमति पनि यथाशीघ्र कार्यान्वयन गर्न माग गरेको छ ।
ज्ञापन पत्रः

Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...
-
‘विपद्को समयमा सरकार फराकिलो सोचका साथ अघि बढ्नुपर्छ’
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा जुट्न...
-
बूढीगण्डकी बाढीबाट प्रभावितको सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई लामिछानेको निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको...
-
विराटनगरमा हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को तयारी पूरा
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा सञ्चालन हुन लागेको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ ।...












