शैक्षिक सुधारको माग गर्दै अनेरास्ववियूले उपकुलपतिलाई बुझायो १८ बुँदे ज्ञापनपत्र
काठमाडाैं । माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालयको शैक्षिक सुधारको माग गर्दै उपकुलपतिलाई १८ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष तथा शिक्षा विभाग प्रमुख तिलकराज भण्डारीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको ठोस र मूर्त कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्नुपर्ने, राजनीतिक भागवण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्ने प्रणाली खारेज गर्नुपर्नेलगायतका मागसहित ज्ञापनपत्र बुझाएको बताए ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा निजी ढंगले सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रमको दायित्व विश्वविद्यालयले लिने व्यवस्था, विश्वविद्यालयका सबै क्याम्पसमा पढ्ने बेरोजगार विद्यार्थीका लागि हप्ताको कम्तिमा २० घण्टा रोजगारीको ग्यारेण्टी, कोभिड- १९ र लकडाउनको समयावधिको सम्पूर्ण शुल्क मिनाहा, स्वास्थ्य बीमाको व्यावहारिक कार्यान्वयन गर्दै एउटा शैक्षिक कार्यक्रममा एकपटक मात्र बीमा शुल्क लिने व्यवस्था गर्नुपर्ने माग अनेरास्ववियू क्रान्तिकारीले गरेको छ ।
त्यस्तै, सेमेस्टर प्रणालीलाई प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जन, शुल्कमा एकरूपता वैज्ञानिक परीक्षा प्रणाली, समयमा नतिजा प्रकाशनको सुनिश्चितता हुनेगरी शैक्षिक क्यालेण्डर व्यवस्थित, आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा सञ्चालित शैक्षिक कार्यक्रमको शुल्कमा एकरूपता कायमका साथै प्रत्येक वर्ष शुल्कवृद्धि हुने प्रणाली खारेज गर्नुपर्ने माग पनि अनेरास्ववियू क्रान्तिकारी राखेको छ । अनेरास्ववियू क्रान्तिकारीले ज्ञापनपत्रमार्फत विश्वविद्यालय र विद्यार्थी संगठनबीच विगतमा भएका सहमति पनि यथाशीघ्र कार्यान्वयन गर्न माग गरेको छ ।
ज्ञापन पत्रः

Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












