महामारीमा भारतलाई सहयाेग गर्ने चीनकाे प्रस्ताव
काठमाडाैँ । चीनले भारतमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न गम्भीर अवस्थासँग जुध्नका लागि सहयोगको प्रस्ताव गरेको छ।
चिनियाँ राष्ट्रपति शी जिनपिङ्गले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश पठाएर महामारीको वर्तमान अवस्थाप्रति सहानुभूतिसँगै सहयोगका लागि प्रस्ताव गरेको भारतका लागि चिनियाँ राजदूतले जानकारी दिएका छन्।
भारतका लागि चिनियाँ राजदूत सुन वेइडान्गले ट्वीट गरेर राष्ट्रपति शी जिनपिङले प्रधानमन्त्री मोदीलाई सहानुभूति सन्देश पठाएको जानकारी गराएका हुन्।
उनले ट्वीटमा लेखेका छन्, ‘राष्ट्रपति शी ले भन्नुभएको छ–म भारतमा कोभिड–१९ महामारीको हालको अवस्थालाई लिएर चिन्तित छु । चिनियाँ नागरिक तथा सरकार एवम् मेरो तर्फबाट भारत सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’
राष्ट्रपतिले सन्देशमा भनेका छन्, ‘साझा भविष्यका लागि मानवता एक समुदाय हो । एकता र सहयोगबाट नै विश्वका देशहरु यो महामारीलाई पराजित गर्न सक्ने छन्।’
‘चीन महामारीसँग लड्नका लागि भारतलाई थप सहयोग गर्न तयार र तत्पर छ । मलाई विश्वास छ कि भारत सरकारको नेतृत्वमा भारतीय जनताले पक्कै पनि महामारीमाथि विजय प्राप्त गर्ने छन्’, सन्देशमा भनिएको छ।
कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण भारत अत्याधिक प्रभावित भएको छ र त्यहाँको अवस्था भयावह बनेको छ । दैनिक चार लाख हाराहारीमा संक्रमित थपिन थालेका छन् भने साढे तीन हजारको हाराहारीमा मृत्यु भइरहेको छ ।
अस्पतालहरुमा शैय्याको अभाव छ भने अक्सिजनको समेत अभाव हुँदा संक्रमित गम्भीर समस्यामा छन्।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











