महामारीमा भारतलाई सहयाेग गर्ने चीनकाे प्रस्ताव
काठमाडाैँ । चीनले भारतमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न गम्भीर अवस्थासँग जुध्नका लागि सहयोगको प्रस्ताव गरेको छ।
चिनियाँ राष्ट्रपति शी जिनपिङ्गले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश पठाएर महामारीको वर्तमान अवस्थाप्रति सहानुभूतिसँगै सहयोगका लागि प्रस्ताव गरेको भारतका लागि चिनियाँ राजदूतले जानकारी दिएका छन्।
भारतका लागि चिनियाँ राजदूत सुन वेइडान्गले ट्वीट गरेर राष्ट्रपति शी जिनपिङले प्रधानमन्त्री मोदीलाई सहानुभूति सन्देश पठाएको जानकारी गराएका हुन्।
उनले ट्वीटमा लेखेका छन्, ‘राष्ट्रपति शी ले भन्नुभएको छ–म भारतमा कोभिड–१९ महामारीको हालको अवस्थालाई लिएर चिन्तित छु । चिनियाँ नागरिक तथा सरकार एवम् मेरो तर्फबाट भारत सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’
राष्ट्रपतिले सन्देशमा भनेका छन्, ‘साझा भविष्यका लागि मानवता एक समुदाय हो । एकता र सहयोगबाट नै विश्वका देशहरु यो महामारीलाई पराजित गर्न सक्ने छन्।’
‘चीन महामारीसँग लड्नका लागि भारतलाई थप सहयोग गर्न तयार र तत्पर छ । मलाई विश्वास छ कि भारत सरकारको नेतृत्वमा भारतीय जनताले पक्कै पनि महामारीमाथि विजय प्राप्त गर्ने छन्’, सन्देशमा भनिएको छ।
कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण भारत अत्याधिक प्रभावित भएको छ र त्यहाँको अवस्था भयावह बनेको छ । दैनिक चार लाख हाराहारीमा संक्रमित थपिन थालेका छन् भने साढे तीन हजारको हाराहारीमा मृत्यु भइरहेको छ ।
अस्पतालहरुमा शैय्याको अभाव छ भने अक्सिजनको समेत अभाव हुँदा संक्रमित गम्भीर समस्यामा छन्।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...












