अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी
भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ ।
अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ ।
जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मंगलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ । अक्सिजनका लागि २४ घण्टाअघिदेखि नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म भौँतारिए पनि अक्सिजन पाउन सकेनन् । मेसु डा. गौतमले अक्सिजन कम्पनीदेखि सीसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालयसम्मलाई दिनभर हारगुहार गर्दा पनि अक्सिजन नआएपछि समस्या परेको बताइन् ।
सगरमाथा अक्सिजन कम्पनीबाट विगतमा अक्सिजन ल्याउने गरेको भक्तपुर अस्पतालले त्यहाँबाट पनि अक्सिजन पाउन छाडेपछि जनकपुरदेखि अक्सिजन ल्याउन सुरु गरेको थियो । तर, जनकपुरबाट पनि अक्सिजन सहज रूपमा पाउन छाडेको र टाढाबाट ल्याउँदा कम्तीका दुई दिन लाग्ने हुँदा अक्सिजन अभावले अस्पताल भर्ना भएका कोभिडका बिरामीको ज्यान नै जोखिममा परेको छ ।
सीसीएमसीको लापरबाहीका कारण थप समस्या परेको बताइन्छ । भक्तपुर अस्पताललाई प्रदेशस्तरीय अस्पताल भन्दै सीसीएमसीले अक्सिजन वितरणको सिफारिसमा दुई दिनदेखि नाम हटाइदिएपछि भक्तपुर अस्पतालले अक्सिजन पाउन नसक्दा दुर्घटनाको अवस्थामा पुगेको अस्पताल प्रशासनको भनाइ छ ।
भक्तपुर अस्पतालले हाल ३३ शय्या जनरल, ४० शय्या हाइकेयर युनिट, ६ शय्या आईसीयू, आकस्मिककक्ष र टेन्टमा समेत शय्या राखेर ७० कोभिडका बिरामीको उपचार गरिरहेको मेसु डा. गौतमले जानकारी दिइन् ।
सबै बिरामीलाई हाइफ्लोरको अक्सिजन दिनुपर्ने भएकाले भक्तपुर अस्पतालमा २४ घण्टामा २०० सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । विगतमा सगरमाथा कम्पनीबाट अक्सिजन आपूर्ति गर्दै आएको अस्पतालले त्यहाँ नपाएपछि बालाजुको अक्सिजन कम्पनीबाट समेत अक्सिजन पाएन । त्यसपछि जनकपुरबाट ल्याएको ८० सिलिन्डर अक्सिजन सकिएको र अरु अक्सिजन नआएपछि हिजो साँझदेखि नै अक्सिजनको अभाव भएको हो ।
डा. गौतमले भनिन्, “उपत्यकामा अक्सिजन नपाएपछि जनकपुरदेखि ल्याउन थाल्यौँ, अब त्यहाँबाट पनि सहज नपाइने भयो । सरकार ७० शय्याको हाइकेयर युनिट चलाऊ भन्छ । तर, अक्सिजन छैन । भर्ना भएका बिरामीलाई अक्सिजन नभएको अवस्थामा नयाँ बिरामीलाई कसरी भर्ना गर्ने ?” सीसीएमसीले बल्ल कान्तिपुर अक्सिजन कम्पनीमा जान भने पनि त्यहाँ अक्सिजन नै नभएको भन्दै फर्काएपछि बिरामी बचाउन चिकित्सकहरुलाई हम्मे परेको छ ।
डा. गौतमले भनिन्, “अस्पतालमा अक्सिजन छैन, सबै बिरामीलाई अक्सिजन दिनुपर्छ, बिरामीको ज्यान जोखिममा छ । अक्सिजन नहुँदा कुनै दुर्घटना भयो भने त्यसको जिम्मेवारी अस्पतालले लिन सक्दैन ।”
बिरामीको संख्या र आवश्यकता हेरेर तत्काल अक्सिजनको व्यवस्था गरिदिन उनले आग्रह गरिन् । सीसीएमसीको सिफारिसबिना अक्सिजन दिन नपाउने नियम बनाएपछि अस्पताललाई थप समस्या परेको छ । सीसीएमसीले जथाभावी अक्सिजन कम्पनीमा अस्पतालको नाम र अस्पताललाई आवश्यक पर्नेभन्दा निकै कम मात्रामा अक्सिजनको सिफारिस गर्नाले पनि अभाव भएको अस्पताल सञ्चालकरुको भनाइ छ ।
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा अक्सिजन अभाव भएपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आफैँ मंगलबार दिनभर दौडधुप गरेर १८ सिलिन्डर अक्सिजनको जोहो गरी भर्ना भएका बिरामीको ज्यान बचाउन सहयोग गरेका छन् । यस अस्पतालमा ६ भेन्टिलेटर, पाँच आईसीयू, १४ हाइकेयर युनिट र १८ आकस्मिककक्षमा गरी ४३ कोभिड–१९ का बिरामीको उपचार भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
यस अस्पतालले नवज्योति कम्पनीसँग सहमति गरी रकम जम्मा गरेर अक्सिजन ल्याउने गरे पनि पछिल्लो समयमा सीसीएमसीले अन्यत्रै सिफारिस गरिदिएपछि अक्सिजनको अभाव भएको हो । अस्पताललाई दैनिक ७० सिलिन्डर अक्सिजन आवश्यक पर्ने भए पनि सीसीएमसीले काभ्रेको एक कम्पनीमा १० सिलिन्डर मात्रै सिफारिस गरिदिँदा अस्पतालले अक्सिजनको थप अभाव झेल्नुपरेको अस्पतालको भनाइ छ ।
अक्सिजन अभाव भएको र १८ बिरामीको ज्यान जोखिममा परेको जानकारी गराएलगत्तै मंगलबार दिनभरि नै नगरप्रमुख श्रेष्ठको अक्सिजन जोहो गर्न निकै दौडधुप चल्यो । सीसीएमसीदेखि स्वास्थ्य मन्त्रालय, टेकु अस्पताल र विभिन्न अक्सिजन कम्पनीमा दौडधुप गर्दा पनि नपाएपछि काभ्रेको कम्पनीमा आफैँ गएर १८ सिलिन्डर अक्सिजन जोहो गरेपछि अस्पतालका बिरामीको ज्यान बचाउन सफल भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
उनी भन्छन्, “नगरपालिकाले कोभिडका बिरामीका लागि अस्पतालमा १५ शय्या थप गरे पनि अक्सिजन अभाव भएपछि सञ्चालन गर्न सकेको छैन । नयाँ बिरामी भर्ना लिनसक्ने अवस्था छैन ।”
नगरपालिकाले करिब ६५ लाख रुपैयाँको लागतमा एक साताभित्र आफैँ अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएर आकस्मिककक्षमा पाइपमार्फत अक्सिजन दिने व्यवस्था गर्न लागेको नगरप्रमुख श्रेष्ठले बताए । त्यसपछि पनि दैनिक ३० सिलिन्डर अक्सिजन आपूर्ति गर्नुपर्ने हुन्छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णप्रसाद मिजारले अक्सिजन नहुँदा भक्तपुर अस्पतालमा निकै समस्या परेको बताउँदै अन्य निजी अस्पताल भने अक्सिजन नभएकै कारण बन्द हुन थालेको बताए ।
काठमाडौंको शिक्षण अस्पतालमा अक्सिजन अभावमा भर्ना भएका कोभिड संक्रमितको ज्यान अत्यन्त जोखिममा परेको भन्दै यहाँका चिकित्सक नै रोएको बिरामीका आफन्त मनोहर श्रेष्ठले बताए । उनले भने, “अस्पतालमा अक्सिजन छैन, नयाँ बिरामी भर्ना लिन सक्दैनौँ, भर्ना भएका बिरामी बचाउन पनि मुस्किल पर्न थाल्यो भन्दै चिकित्सक रोएको देख्नुपर्यो, बिरामीका आफन्तले कसरी मन सम्हाल्ने ?”
अक्सिजन कम्पनीका अनुसार उपत्यकामा अहिले दैनिक १५ हजार लिटर अक्सिजनको माग भए पनि मुस्किलले सात हजार लिटर मात्रै उत्पादन एवं वितरण गर्न सकिएको छ ।
अक्सिजन नभएकै कारण केही दिनअघि भक्तपुर इन्टरनेसनल अस्पतालमा कोभिड संक्रमित दुई बिरामीको ज्यान गएको थियो । अहिले यस अस्पतालसँगै जिल्लाका मध्यपुर अस्पताल, नागरिक कम्युनिटी अस्पताल, समिट अस्पताल, डा. इवामुरा अस्पताल तथा सिद्धिस्मृति अस्पतालले कोरोना संक्रमितलाई भर्ना नलिने भएका छन् ।
Comments
अरु समाचार
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...











