चीनबाट आयो ८ लाख डोज भेरोसेल खोप, थप आठ लाख पनि आजै
काठमाडौं । चीनबाट खरिद गरिएको मध्येको कोरोना विरुद्धको ६० लाख डोज मध्ये ८ लाख डोज भेरोसेल खोप गएराति १२ बजे काठमाडौँ आइपुगेको छ ।
बुधबार विहान काठमाडौँबाट चीनको प्रान्तीय शहर तियनजीन पुगेको नेपाल एयरलायन्सको वाइडबडी जहाजले मध्यरात खोप काठमाडौँ ल्याइपुर्याएको हो ।
स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार बुधबार राति १२ खोप आइपुगेको र अहिले सो खोपलाई अस्थायी व्यवस्थापन गरी अहिले टेकुस्थित खोप भण्डारमा राखिएको उनले बताए।
यस्तै अब चीनबाट आउने भेरोसेल खोप मध्ये साढे तीन लाख एक नम्बर प्रदेश ( विराटरगर) पौने चार लाख खोप दुई नम्बरमा, ५० हजार सात नम्बर प्रदेश (धनगढी ) र रहेको खोप काठमाडौं उपत्यका सहित तीन नम्बर प्रदेशमा राखिने थापाले बताए।
यसैबीच चीनबाट आजै थप ८ लाख खोप आउने भएको छ । नेपाल एयरलायन्सकै जहाजले चीनको प्रान्तीय शहर तियनजीनबाट आज बेलुका ८ बजे थप ८ लाख डोज भेरोसेल ल्याउने भएको हो । खोप लिनका लागि विहान ७ : ४५ बजे जहाज त्यस तर्फ उडिसकेको छ ।
सरकारले चिनिया कम्पनी सिनोफार्मसंग नन् डिस्क्लोजेवल एग्रीमेन्ट गरी ६० लाख खोप खरीद गर्ने निर्णय गरेको थियो । खरीद गरिएको १६ लाख डोज आज बेलुकासम्म आइपुगेपछि बाँकी ४४ लाख पनि अगष्ट महिना भित्रै आइपुग्ने बताइएको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












