होली खेल्दा छालालाई जोगाउ, होली खेल्नु अघि र पछि के गर्ने ?
काठमाडाैँ । होली रङको पर्व हो। यो दिन विभिन्न किसिमका रङ एक आपसमा दलेर रमाइलो गर्ने गरिन्छ। तर, आफ्नो छालाको अवस्था र रङमा प्रयोग भएको रसायनबारे जानकारी नहुँदा होलीलगत्तै छालाका विभिन्न समस्या लिएर उपचार गर्न आउनेहरू थुप्रै छन्। होलीमा रङ खेलेर रमाइलो गर्नुअघि केही तयारी गर्न सकियो भने रङबाट छालामा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ।
बजारमा पाइने रसायनयुक्त रङले छालामा नराम्रो असर गर्छ। जसले गर्दा छाला पोल्ने, रातो हुने, एलर्जी हुने, इन्फेक्सन हुनूका साथै यस्ता रङले छालालाई सुक्खा र रुखो बनाइदिन्छ। केही उपाय अपनाएर छालालाई हानि हुनबाट बचाउन सकिन्छ।
होली खेल्दा सकेसम्म हर्बल रङ प्रयोग गर्नुपर्छ। हर्बल रङले छालालाई नोक्सान गर्दैन। छालाको रोग भएकाले होली खेल्दा विशेष ध्यान पुर्याउनुपर्छ। छालालाई रङको प्रभावबाट बचाउन सनस्क्रिन वा भिटामिन ‘ई’युक्त क्रिम अथवा म्वइस्चराइजर लगाउनुपर्छ। यसो गर्नाले छालामा रसायनिक प्रभाव कम हुने हुन्छ।
होलीमा छालालाई रङको प्रभावबाट जोगाउन शरीर ढाक्ने गरी पहिरन लगाउनुपर्छ। हात र नङलाई रङबाट बचाउन क्रिम वा म्वइस्चराइजर लगाउनुपर्छ। म्वइस्चराइजरले छालालाई सुक्खा हुनबाट जोगाउँछ र छालामा लागेको रङ छिट्टै जान्छ।
जतिबेला अहिले जस्तो व्यवसायिक रूपमा रङ उपलब्ध हुन्थेनन्, त्यतिबेला होलीमा पानको पातबाट, गुलाबपत्र, सयपत्री,पालुंगो, बेसार, मेहंदी आदिबाट तयार पारिने प्राकृतिक रङ एक आपसमा दलेर होली मनाइने गरिन्थ्यो।
कालो रङमा लिड अक्साइड, हरियोमा नीलो तुथो कपर सल्फेट, सिल्भर रङमा अल्मुनियम ब्रोमाइड, नीलोमा कोबाल्ट जिंक, रातो रङमा पारो(मर्करी)तथा अब्रकको धुलो मिसाइएको हुन्छ। यी तत्वले हाम्रो छालामा असर गर्छन्। सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुने खतरा हुन्छ। कालो रङले किड्नीमा असर गर्छ। हरियो रङले आँखाको एलर्जी, अनुहार सुन्निने र अस्थायी अन्धोपन ल्याउने खतरा हुन्छ। सिल्भर कलरले छालाको क्यान्सरको जोखिम हुन्छ। नीलो रङले एलर्जी र रातोले स्किन क्यान्सरको खतरा रहन्छ।
रङलाई लेदो बनाएर, पाउडरका रूपमा पानीमा घोल बनाएर प्रयोग गर्ने गरिन्छ। रङले छालामा प्रयत्क्ष तथा अप्रत्यक्ष रूपमा असर गर्छ।
प्रत्यक्ष रूपमा गर्ने असर
रङमा रसायन मिसिने भएकाले छालामा दलेपछि यसबाट धेरैलाई एलर्जी हुन्छ। जसको छालामा पटक–पटक एलर्जी हुन्छ, सुक्खा छ, घाउखटिरा छ भने रङ दल्दा अझैं बढेर जान्छ। रङका कारण छाला चिलाउने, रातो हुने, पानी भरिएको फोका आउने समस्या देखापर्छ। एक्जिमाको रूपमा पनि देखापर्न सक्छ। कसै–कसैलाई रङका कारण रुघाखोकी लाग्ने पनि हुन्छ।
अप्रत्यक्ष रूपमा गर्ने असर
छालामा रङ दलेपछि यसलाई हटाउन विभिन्न किसिमका साबुन, फेसवास प्रयोग गरेर रगड्दा छालाको माथिल्लो भाग खुइलिन्छ। त्यसपछि छालाको संक्रमण हुने खतरा हुन्छ। छाला पोल्ने,दाग बस्ने समस्या हुन्छ। डन्डीफोर, छालाको एलर्जी भएकाहरूलाई रङले अझै धेरै दुःख दिन्छ। कपालमा रङ लगाउँदा पछि कपालझर्ने समस्या देखापर्छ। नङको कापमा रङ पर्दा नङ पाक्ने समस्या देखापर्छ। रङका कारण आँखा तथा कानको एलर्जी हुन्छ। घाउखटिरा छ भने एलर्जी हुने सम्भावना अझै बढ्छ।
होली खेल्नु अघि यी कुरामा ध्यान दिनुहाेस्
आफ्नो शरीरको तथा अनुहारको छालामा कुनै समस्या छैन र रङको एलर्जी पनि छैन भने होलीमा रङ दलेर रमाइलो गर्न सकिन्छ। होली खेल्नु भन्दा अघिल्लो दिन शरीरमा जैतुन वा नरिवलको तेल लगाउनुपर्छ। हातखुट्टामा भ्यास्लिन लगाए बेस हुन्छ। पूरै शरीर ढाक्नेगरी खुकुलो कपडा लगाउनुपर्छ। शरीरमा तेल लगाएपछि रङ दल्दा त्यसले छालालाई खासै असर पुर्याउँदैन। होलीको दिनमा पनि बिहान शरीरमा तेल, अनुहारमा सनस्क्रिन तथा म्वइस्चराइजर लगाएर होली खेल्न निस्कनुपर्छ। सकेसम्म कम रसायन मिसिएको रङ छनोट गर्नुपर्छ।
होली खेलेपछि के गर्ने?
एक वा दुई घण्टा होली खेलेर नुहाउनुपर्छ। नुहाउँदा नरम खालको साबुन प्रयोग गर्नुपर्छ। नुहाएपछि तेल वा म्वइस्चराइजर प्रयोग गर्नुपर्छ। रङ खेलेपछि छालामा कुनै असर देखिएमा तुरुन्त छालारोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुपर्छ। होली खेलिसकेपछि शरीरमा लागेको रङ हटाउन र छाला सफा गर्न नुहाउनु एक घण्टाअघि शरीरमा बेसन लगाउने। नुहाउँदा रङ लागेको छालाको भागमा भिजेको बेसनलाई राम्ररी दल्ने। त्यसपछि केही समय राखी सुक्न दिने र सुकेपछि सफापानीले पखाल्ने। यसले शरीरमा लागेको रङलाई हटाउ मद्दत गर्छ। फेसवासले अनुहार धुने पनि गर्न सकिन्छ। अनुहार सफा गरेपछि म्वइस्चराइजर लगाउने। रङको सबैभन्दा बढी प्रभाव हातमा पर्ने हुन्छ। हातबाट रङ सफा गरिसकेपछि भिटामिन ‘ई’युक्त क्रिमले मसाज गर्ने। जसले हातलाई मुलायम, कोमल र स्वस्थ बनाउँछ।
-(डा कर्ण सौन्दर्य तथा छाला रोग विशेषज्ञ हुन्)
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...











