हुम्लामा ९३६ जनाले उम्मेदवारी दर्ता गराए
हुम्ला । हुम्लामा ९३६ उम्मेदवारले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्लाको सात स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित महिला सदस्य गरी कूल ९३६ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।
कार्यालयका अनुसार अदानचुली गाउँपालिकामा अध्यक्षमा चार, उपाध्यक्षमा ६, वडाध्यक्षमा २०, सदस्यहरुमध्ये महिलातर्फ २४, दलित महिलातर्फ १९ र अन्य ३७ गरी कूल १०४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै खार्पुनाथ गाउँपालिकामा अध्यक्षमा चार, उपाध्यक्ष ९, वडाध्यक्ष २२, सदस्यहरुमा महिलातर्फ १७, दलित महिलातर्फ १५ र अन्यतर्फ ४१ गरी कूल १०८, चङ्खेली गाउँपालिकामा अध्यक्ष ५, उपाध्यक्ष चार, वडाध्यक्ष ४१ र सखस्यहरुमा महिलातर्फ ३४, दलित महिलातर्फ २० र अन्य ७२ गरी कूल १७६, ताँजाकोट गाउँपालिकामा अध्यक्ष आठ, उपाध्यक्ष आठ, वडाध्यक्ष ३१, सदस्यहरुमा महिलातर्फ २३, दलित महिलातर्फ १० र अन्य ३३ गरी कूल ११३ जनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
उनका अनुसार, नाम्खा गाउँपालिकामा अध्यक्ष चार, उपाध्यक्ष पाँच, वडाध्यक्ष २६, सदस्यहरुमा महिलातर्फ १६ र अन्य ३२ गरी कूल ८३, सर्केगाड गाउँपालिकामा अध्यक्ष ६, उपाध्यक्ष सात, वडाध्यक्ष ६०, सदस्यहरुमा महिलातर्फ ३७, दलित महिलातर्फ २६ र अन्य ८९ गरी कूल २२५ तथा सिमकोट गाउँपालिकामा अध्यक्ष ६, उपाध्यक्ष ६, वडाध्यक्ष ३०, सदस्यहरुमा महिलातर्फ २२, दलित महिलातर्फ १९ र अन्य ४६ गरी कूल १२७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लामा नेपाल प्रहरीतर्फ ६८४ र सशस्त्र प्रहरीतर्फ २३० सुरक्षाकर्मीलाई खटाइएको प्रमुख निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












